१८ आश्विन २०७९, मंगलवार

Oct 4, 2022

काठमाण्डौं । खानेपानीमन्त्री मणिचन्द्र थापाले आफू मन्त्रालयमा रहँदासम्म कर्मचारीसँग समन्वय गरेर अघि बढ्ने बताए । मन्त्रालयमा कुनै पनि समस्या आउँदा दबाब नगरी समन्वयमार्फत समाधान खोजिने उनको भनाइ छ ।

Advertisement

मन्त्री थापाले मन्त्रालयको आफ्नो यात्रा कति लामो हुन्छ भन्ने यकीन नभए पनि आफू रहँदासम्म सबैसँग मिलेर अघि बढ्ने बताए । उनले मन्त्रालयलाई नेतृत्व दिने जिम्मेवारी कर्मचारीको नै भएको उल्लेख गरे । राजनीतिक नेतृत्व आउने÷जाने भए पनि कर्मचारीले स्थायीरुपमा काम गर्ने उनको भनाइ छ ।

आफू लामो राजनीतिक जीवनपछि पहिलोपटक मन्त्रीका रुपमा जिम्मेवारीमा आएको उनले बताए । उनले भने, ‘निर्वाचनको मिति नै तोकिएको अवस्थामा अहिलेको हाम्रो मुख्य जिम्मेवारी निर्वाचन गराउने नै हो ।’

मन्त्रालयका सचिव माधव बेल्वासेले खानेपानी मन्त्रालय संरचनागतरुपमा सानो भए पनि मौलिक हकमा उल्लेख भएका अधिकारको कार्यान्वयन गराउने जिम्मेवारी भएको बताए । खानेपानी र स्वच्छ वातावरणको हक कार्यान्वयन गराउने जिम्मेवारी भए पनि अहिले धेरै ठाउँमा पानीको स्रोत सुक्दै जानु चुनौतीका रुपमा देखा परेको उनको भनाइ छ ।

मन्त्रालयको जिम्मेवारीका रुपमा रहेको ढल व्यवस्थापनामा समन्वयको समस्या रहेको उनले औँल्याए । उनले भने, ‘समन्वयकै अभावमा कतिपय स्थानमा ढल निर्माण भइरहेकामा समेत त्यो रोकिएको छ ।’

मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले मन्त्रालयको जिम्मेवारी ठूलो भए पनि संरचना र जनशक्ति कम रहेको बताए । खानेपानी एउटा निकाय मात्रै संलग्न भए पनि ढल निर्माण, मर्मत र व्यवस्थापनको जिम्मेवारी धेरै निकायले लिएकाले समस्या आउने गरेको उनको भनाइ छ ।

मन्त्री थापाले आज नै खानेपानी तथा सरसफाइसम्बन्धीको गुरुयोजना (वास प्लान) प्रदेश सरकार र स्थानीय तहसँगको समन्वयमा अघि बढाउनेसम्बन्धी फाइलमा हस्ताक्षर गरेका छन् । आज मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले मन्त्रालयले यसअघि कतिपय प्रदेश र पालिकासँगको समन्वयमा ‘वास प्लान’ शुरु गरेकामा बाँकी पालिकामा समेत अघि बढाउने निर्णय गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा पौडि खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु दशैंमा किन घुम्ने कर्णाली ? जित सुनिश्चित नदेखेपछि प्रचण्ड चितवन छाडेर गोरखा जाने ! जेलमा भएको दङ्गामा कम्तीमा पन्ध्रको मृत्यु जुवाको खालबाट वडाध्यक्ष सहित १९ जना पक्राउ बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार लुम्बिनीको बर्दियामा भ्यानको ठक्करबाट युवतीको मृत्यु दशैंमा धामीझाँक्रीद्वारा ब्रहमलुट, स्थानीय प्रशासन मौन प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता २३ असोजमा घाँटीमा मासुको हड्डी अड्किएर ४५ वर्षीय पुरुषको मृत्यु पाल्पामा पञ्चबली लिएर मन्दिर हिँडेको जिप दुर्घटना : ४ जना घाइते, २ को अवस्था गम्भिर एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड दुवईमा सम्पन्न सिट बाँडफाट टुंगो लगाउन बैठक ३ बजे बस्ने दशैंमा रुकुमका बादी बस्तीलाई छैन कुनै रौनक दशैमा यसरी बनाउनुहोस मटन ग्रेभी, चिकेन रोस्ट र पनिर ग्रेभी खोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता न्यून आय भएका परिवारका लागि सरकारले दुई हजार घर निर्माण गर्ने उत्तर कोरियाद्वारा जापानतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार पत्रकार उपचार कोषमा ६० लाख, करोड लक्ष्य