ताजा अपडेट »

गुल्मीमा ९ महिनादेखि बन्द हाटबजार पुनः सञ्चालन

आइतबार, १२ पुस २०७७, १२ : १३
4 Shares

गुल्मी । गुल्मीमा ९ महिनापछि हाटबजार सञ्चालनमा आएको छ । गतवर्षको चैतबाट कोरोना महामारीले गर्दा बन्द रहेको हाटबजार पुन सुचारु भएको हो । जिल्लाको रेसुङ्गा नगरपालिकाले कृषकले उत्पादन गरेका कृषि जन्य बस्तुहरुलाई बिचौलियाको अन्त्य गर्न हाट बजार सञ्चालन गरेको छ ।

जिल्ला सदरमुकाम तम्घासमा लामो समयदेखि बन्द हाटबजार पुनः सञ्चालनमा आएपछि कृषकले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री पाएका छन् । सञ्चालन भएको केहि महिनापछि कोरोना महामारीले गर्दा बन्द थियो । रेसुङ्गा नगरपालिकाले पुनः सञ्चालनमा ल्याएको हो। सितभण्डारण सहितको हाटबजार सञ्चालन आएपछि कृषकले सिधै बेच्न पाउदा ठगिनबाट बच्ने उदेश्य नगरपालिकाले सञ्चालनमा ल्याएको हो । यसले गर्दा तरकारी किन्ने र बिक्री गर्ने कृषकहरु उत्साहित छन् ।

सदरमुकाम तम्घासको चारीखोला भन्ने स्थानमा ५ टन क्षमताको सितभण्डारण सहितको हाटबजार सञ्चालन आएको छ । बन्द हाटबजार पहिले जस्तै गरि सञ्चालन ल्याइएकेरेसुङ्गा नगरपालिकाका कृषि शाखा प्रमुख हरिशरण पन्थीले बताए । कृषि जन्य बस्तुहरुलाई बिचौलियाको अत्य गर्न कृषकको उत्पादनलाई नगरपालिकाले घरमै पुगेर ल्याए बिक्री गर्न थालेको पन्थीले बताए । नगरपालिकाले सिधै कृषकबाट खरिद गरेर ल्याए बिक्री गर्दा कृषकहरु बिचौलियाको मारमा पर्नबाट बञ्चीत भएका छन् । हाटबजारको कृषि उपजहरु बजारको भन्दा धेरै सस्तो रहेको नगरपालिकाको दावी छ ।

हाटबजार कुल १ करोड ३३ लाख ५० हजारको लागत लागेको थियो । कृषकको उत्पादन उपभोक्ताले खरिद गरेर बाँकी रहे शितभण्डारमा स्टोर गर्ने व्यावस्था मिलाइएको छ । अहिले रेसुङ्गा नगरपालिकाले गुल्मी जिल्लाका अन्य स्थानिय तहबाट समेत कृषि उपज खरिद गरी हाटबजार मार्फत बिक्री बितरण गरेको छ । कृषकहरुले उत्पादन गरेको कृषि उपज बिक्रीे गर्नको लागी डोकामा बोकेर बजार बजार धाउन नपर्ने भएको छ । कृषककै घरमा प्रत्येक हप्तामा ६ दिन गाडि आउने भएकोले कृषकहरु डोको बोकेर बजारमा आउने समय आफ्नै बारीमा उत्पादनमा लगाएर बढी फाईदा लिन पाउने भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।