ताजा अपडेट »

भेटिएनन् भाँडाकुटीका २ हिरोइन, बुटवलबाटै यूनिक फेसको खोजी

आइतबार, १२ पुस २०७७, १० : ४१
8 Shares

बुटवल । नेपाली समाजमापछिल्लो समय टिपिकल नाम राखेर फिल्म बनाउने चलन बढी रहेको छ । यस्तैमा थपिएको छ फिल्म भाँडाकुटी । सबै जना सानोमा भाँडाकुटीखेलेकै हुन्छन । भाँडाकुटी बच्चाबच्चीले घरवार बिहेबारी गरेर खेल्ने खेलहो। सायदयस्तै थिममा फिल्म भाँडाकुटीको कथा बुनिएको होला । गत असोज १ गते फूलपातीको दिन घोषणा भएको फिल्म भाँडाकुटीको सेकेन्ड ड्राफ्ट स्क्रिप्ट सकिएको खबर आएको छ ।

निर्माण टिमका अनुसार हाल फिल्मको ३ वटा गितको काम एकैपटक भैरहेकोछ। फिल्ममा ३ जना हिरो र ३ जना हिरोइन हुने भनीए पनि मुकुन भुसालर बेनिशा हमाललेफिल्ममा साइन गरे पनि अरु कलाकारको नाम खुलाइएको छैन । निर्माण टिमकाएक सदस्य अनुसार अनुसार फिल्मका प्रोड्युसरहरुले चलेकै हिरोइनहरु राख्न निरन्तर दबाब दिए पनि निर्देशक किरण विक बाँकी दुइ नयाँ कलाकारनै राख्न चाहेको बुझिन आएको छ । ‘प्रोड्युसरहरुले बाँकी दुइ हिरोइनको लागि चलेकै हिरोइनहरु संग कुरा गरि सक्नु भयो तर डिरेक्टरकोइक्षा बुटवल तिर बाटै लिउं भन्नेछ, त्यसकारण दुइ हिरोइनको नाम घोषणा गर्न पाइएको छैन’। बाँकी २ महिला कलाकारको लागि किरण बिक अबको १५ दिन बुटवलमा बस्ने बुझिन आएको छ ।

निर्माण टिम सदस्यका अनुसार डिरेक्टर बिक युनिक फेस खोजिराखेका छन । ‘धेरै नयाँ कलाकारले डिरेक्टरलाइ एप्रोच गरि राख्नु भएको छ तर डिरेक्टर सापलाइचित्त बुझ्ने गरि युनिक फेस आएको छैन होला’ ति सदस्यले हास्दै भने।

https://www.globalaawaj.com/archives/65522
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।