ताजा अपडेट »

बुटवलबाट गुल्मी गएको ट्रक दुर्घटना ,दुई युवाको मृत्यु

आइतबार, १२ पुस २०७७, ०९ : ०७
6 Shares

गुल्मी । गुल्मीमा गएराती ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-१३ भगारि बस्ने २६ वर्षको को टोप बहादुर रजालि र २३ वर्षको बालकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

बुटवलबाट खाद्यन्न बोकेर तम्घासतर्फ आउँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडानम्बर-१३ भगारीस्थित मसिने खोलामा ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले चालक र ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा राखिएको छ ।

https://www.globalaawaj.com/archives/70690
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।