२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

बाजुरा। जिल्लाको उत्तरपूर्वी भेगमा अवस्थित स्वामीकार्तिक गाउँपालिकामा कर्णाली नदीमा ड्रमको सहायताले जीपलाई पुर्याइएको छ । दुर्गम तथा विकट स्वामीकार्तिक गाउँपालिकाको आर्थिक सहयोगमा शनिबार नदीमा ड्रमको सहारामा जीपलाई तारेर गाउँपालिकामा पुर्याइएको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताए । उनकाअनुसार गाउँपालिकाका तीन वडामा सडक पुगेकाले यातायातका साधन नहुँदा हिँडेर नै सेवा लिन आउने नागरिकलाई सहजताका लागि यातायात सञ्चालन गर्ने गरी जीपलाई ड्रममा राखी चढाएर नदीमा तारिएको हो ।

स्थानीय तहको निर्वाचन भएको तीन वर्ष बितिसक्दा समेत गाउँपालिकामा हालसम्म सवारी साधन पुग्न सकेको छैन । कर्णालीपारिको एक मात्र गाउँपालिकामा हालसम्म यातायात पुग्न नसकेको र त्यहाँका जनताले निकै सास्ती भोगेको समस्यालाई मध्यनजर गरी कर्णाली नदीमा ड्रमहरूमा जीपलाई चढाएर पारि तारिएको हो । “नदीमा जीप तार्न सहज नभए पनि जोखिम मोलेर तारियो”, अध्यक्ष शाही भने, “सुईजिउला कर्णाली नदीमा फेरी निर्माण गर्ने गरी डिपिआर तयार भए पनि आर्थिक अभावका कारण निर्माण गर्न सकिएको छैन, केही उपाय नलाग्दा ठूला ड्रमहरुमा बाँधेर जीप पारि लगिएको हो ।”

गाउँपालिकाका पाँच वडामध्ये तीन वडामा सडक सञ्जालले जोडिएको छ । साविकको वाई र जुकोट गाविसमा सडक निर्माण भइसकेको र साविकको साप्पाटा गाविस जाने सडक निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । शनिबार सु प प्र ००१ च २९४६ नम्बरको जीपलाई स्थानीयवासीले स्वागत गरेका थिए । स्वामीकार्तिक गाउँपालिका पूर्वमा कालिकोट र मुगु जिल्ला, पश्चिममा जगन्नाथ गाउँपालिका, उत्तरमा हिमाली गाउँपालिका तथा दक्षिणमा कालिकोट जिल्लासँग जोडिएको छ । गाउँपालिकाको जनसङ्ख्या दुई हजार ४४२ घरधुरीमा १४ हजार ९०९ रहेको छ । गाउँपालिका साविकको साप्पाटा बस्ती लौठी, उपरगाउँदेखि साविकको वाई गाविसको मिगु अति दुर्गमका बस्ती हुन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मामाघर जाँदा खोलाले बगाएका बालकको शव फेला निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तामा प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ बाट निर्वाचन लड्ने एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार