१८ आश्विन २०७९, मंगलवार

Oct 4, 2022

काठमाण्डौं । न्यूनतम सुविधासहितको प्रशासनिक भवन नभएका स्थानीय तहले धमाधम नयाँ प्रशासनिक भवन बनाइरहेका छन् । कतिपय स्थानीय तहका प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेका छन् भने अधिकांश निर्माणाधीन अवस्थामा छन् । सरकारले दुई वर्षअघि आफ्नो नीति, कार्यक्रम र बजेटमै तीन वर्षभित्र सबै स्थानीय तहको प्रशासनिक भवन निर्माण सम्पन्न गरिसक्ने घोषणा गरेको थियो ।

Advertisement

सोही घोषणाअनुसार अहिले स्थानीय तहमा प्रशासनिक भवन निर्माण कार्यलाई तीव्रता दिएको हो ।
स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले प्रशासनिक भवन निर्माण कार्यलाई उच्च प्राथमिकता दिएर निर्माण गरिरहेका छन् । पुराना ५८ नगरपालिकामध्ये ४२ वटाको मात्र आफ्नै प्रशासनिक भवन थिए भने बाँकी ७११ वटा गाउँपालिका र नगरपालिकाको प्रशासनिक भवन नभएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले जनाएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कुल ७५३ स्थानीय तहमध्ये ७११ वटा स्थानीय तहको प्रशासनिक भवन निर्माण गर्नुपर्ने छ । छ हजार ७४२ वटा वडा कार्यालयमध्ये छ हजार वडा कार्यालयको प्रशासनिक भवन निर्माण गर्नुपर्ने जनाइएको छ । जिल्ला समन्वय समितिको नाममा रहेको कोषको रकमबाट गाउँपालिका, नगरपालिका र वडा कार्यालयका भवन निर्माण भइरहेका हुन् ।

सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष अशिम राईले स्थानीय तहको निर्वाचन भएको छ महिनामै गाउँपालिकाको आफ्नै स्रोतबाट प्रशासनिक भवन निर्माण गरेको बताए । उनले भने, “स्थानीयको सहयोगमा २० रोपनी जमिन गाउँपालिकाकै नाममा गरी दुई करोड ५० लाख रुपियाँको लागतमा प्रशासनिक भवन निर्माण गरेको हो, प्रशासनिक भवन निर्माण भएपछि अहिले सेवा प्रवाहमा कुनै समस्या छैन ।” जिल्ला समन्वय समितिको कोषबाट प्रदान गरिने रकमबाट भने गाउँपालिकाले पाँचवटा वडा कार्यालय भवन निर्माण गर्न लागेको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिकाले पनि नयाँ प्रशासनिक भवन निर्माण गरिसकेको छ । “डेढ वर्षमै गाउँपालिकाले प्रशासनिक भवन निर्माण सम्पन्न गरी सोही भवनबाट अहिले सेवा प्रवाह भइरहेको छ । जिल्ला समन्वय समितिको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा करिब चार करोड रुपियाँको लागतमा २८ वटा कोठाको प्रशासनिक भवन निर्माण भएको हो,” सो गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले भने । -नगेन्द्र सापकोटा/गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस्

Flash News

बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार लुम्बिनीको बर्दियामा भ्यानको ठक्करबाट युवतीको मृत्यु दशैंमा धामीझाँक्रीद्वारा ब्रहमलुट, स्थानीय प्रशासन मौन प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता २३ असोजमा घाँटीमा मासुको हड्डी अड्किएर ४५ वर्षीय पुरुषको मृत्यु पाल्पामा पञ्चबली लिएर मन्दिर हिँडेको जिप दुर्घटना : ४ जना घाइते, २ को अवस्था गम्भिर एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड दुवईमा सम्पन्न सिट बाँडफाट टुंगो लगाउन बैठक ३ बजे बस्ने दशैंमा रुकुमका बादी बस्तीलाई छैन कुनै रौनक दशैमा यसरी बनाउनुहोस मटन ग्रेभी, चिकेन रोस्ट र पनिर ग्रेभी खोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता न्यून आय भएका परिवारका लागि सरकारले दुई हजार घर निर्माण गर्ने उत्तर कोरियाद्वारा जापानतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार पत्रकार उपचार कोषमा ६० लाख, करोड लक्ष्य विश्व पशु दिवस : पशु संरक्षणमा चूनौती ज्याला नपाउँदा मजदुरले दसैँ मनाउन पाएनन् किसानलाई दशैँभन्दा खेतीपातीकै चिन्ता लुम्बिनीको राप्तीसहित दशैंमा देशका केहि नदीमा बाढीको जोखिम भारतका तिब्रगतिका बलर बुमराह विश्वकप बाहिर