ताजा अपडेट »

दाङमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट सुरु

शनिबार, ११ पुस २०७७, १९ : ०८
4 Shares

दाङ । लमहीमा जारी प्रधानमन्त्री कप टि–ट्वान्टी राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ । शनिबार प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले विजयी सुरुवात गर्ने क्रममा प्रदेश २ लाई ९ विकेटले पराजित गरेको हो । खेलमा ७८ रनको सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको लुम्बिनीले उक्त लक्ष्यलाई १६.१ ओभरमा मात्र १ विकेट गुमाएर पूरा ग¥यो । लुम्बिनीको सहज जितमा गीता गोसाईले सर्वाधिक २३ रनको योगदान गरिन् ।

अविजित रहेकी उनले ४२ बलको सामना गर्दै २ चौकासहित उक्त रन बनाएकी थिइन् । यस्तै टिमका लागि सरस्वती घर्ति मगरले २२ रन बनाइन् । ११.६ ओभरमा टिमको स्कोर ५३ रन हुँदा कविता गौतमको बलमा आउट हुन पुगेकी उनले उक्त रन बनाउने क्रममा ४२ बलको सामना गर्दै १ चौका समेत प्रहार गरिन् । यस्तै टिमकी कप्तान नेरी थापाले पनि अविजित रहदै १५ रनको योगदान गरिन् । त्यसअघि देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर ७७ रन मात्र बनाएको थियो । प्रदेश २ का लागि ओपनर ब्याटर अनुराधा चौधरी र सना प्रविनले समान २१र२१ रन बनाएका थिए ।

त्यस्तै विमला मगरले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक समेत जोड्न नसक्दा टिम कम स्कोरमा रोकिएको थियो । बलिङतर्फ लुम्बिनी प्रदेशका सुष्मिता भुषालले सर्वाधिक ४ विकेट हात पारिन् यस्तै कप्तान नेरी थापा, स्वतिका बजगाइ र गीता गोसाईले पनि १र१ विकेट लिएका थिए । कर्णालीमाथि ए.पी.एफ.को सहज जित यस्तै साविकको विजेता विभागीय टोली एपीएफले दाङको लमहीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

समूह ए मा रहेको एपीएफले प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा शनिबार दिनको दोस्रो खेलमा कर्णालीलाई २ सय ४ रनले पराजित गरेको छ । खेलमा एपीएफले प्रस्तुत गरेको २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली १४.१ ओभरमा आफ्नो सबै विकेट गुमाएर ३१ रनमा सिमित हुन् पुग्यो । उसका लागि कुनै खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । त्यस क्रममा कप्तान लक्ष्मी रिमालले ६ रन र दीक्षा पुरीले अविजित रहदै ५ बनाइन् ।

बलिङमा एपीएफकी करुणा भण्डारीले सर्वाधिक ५ विकेट हात पार्दा राजमती एरीले २ तथा सोनु खड्का र रेखा रावलले समान १/१ विकेट लिए । त्यसअघि देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभर पूरै मात्र ४ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो । टिमले विशाल योगफल खडा गर्ने क्रममा कप्तान सिता राना मगरले कप्तानी पारी खेलिन् । टिमका लागि सर्वाधिक धेरै रन बनाएकी उनले ५९ बलको सामना गर्दै ८ चौकासहित ६८ रन बनाइन् ।

यस्तै सितालाई राम्रो साथ दिएकी सरिता मगरले पनि ४४ रन बनाउँदा ओपनर ब्याटर ज्योति पाण्डेले ३२ र इन्दु वर्माले २२ रन जोडेकी थिइन् । बलिङमा कर्णालीको तर्फबाट दीक्षा पुरीले २ तथा निशा पराजुली र अन्जु गुरुङ समान १/१ विकेट लिन सफल भएका थिए । यस्तै भोली विहान खेलमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश समुह विच प्रतिस्पर्धा हुनेछ भने दिउँसोको खेलमा ए.पि.एफ (सशस्त्र प्रहरी बल) र दुईनम्बर प्रदेश समुह विच प्रतिस्पर्धा हुने नेपाल क्रिकेट संघ दाङले जानकारी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।