ताजा अपडेट »

साना तथा मझौला ढुवानीको अधिवेशन, अध्यक्षमा थापा

शनिबार, ११ पुस २०७७, १८ : ५७
4 Shares

बुटवल । लुम्बिनी साना तथा मझौला ढुवानी ब्यवसायी संघको सातौं वार्षिक साधारण सभा तथा तेश्रो अधिबेशन आज शनिबार बुटवलमा सम्पन्न भएको छ । संघका अध्यक्ष लक्ष्मण क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो अधिवेशनले आगामी ३ बर्षे कार्यकालका लागि दिनेश थापाको अध्यक्षतामा ११ सदस्सिय कार्यसमिति निर्बिरोध रुपमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा सुमन सापकोटा, महासचिवमा पदम शर्मा भण्डारी, सचिवमा रबिन्द्र श्रेष्ठ, कोषाध्यक्षमा नविन पोखरेल, सहसचिवमा सुन्दर थापामगर पनि निर्बिरोध चयन भएको निर्वाचन समितिका संयोजक अधिबक्ता महेन्द्र पाण्डेले बताए । साथै सदस्यहरुमा सुमन तिमिल्सिना, दिपक तामाङ्ग, धर्मराज जैसी, रमेश बज्राचार्य, गोरख बानिया, पारसनाथ केशरी, रामप्रसाद शर्मा पनि सबै निर्बिरोध निर्वाचित भएको पाण्डेले जानकारी गराएका छन् । यसैगरि संस्थाको लेखा समितिमा गोपाल पाण्डे सदस्यहरुमा राजु पौडेल र राजकुमार श्रेष्ठ चयन भएका छन्।

सो कार्यक्रमको उद्घाटन गर्दै नेपाल यातायात ब्यबसायी महासंघका बरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले साना तथा मझौला स्वरोजगार ब्यबसायीहरु राज्यको उचित नितिको अभावमा धरासायीको संघारमा पुगेको बताए । महासंघका लुम्बिनी प्रदेश संयोजक यमप्रसाद पाण्डेले यातायात ब्यबसायको हकहित संरक्षण र प्रबद्र्धनप्रती सरकार सदैव उदासिन रहनु दुर्भाग्य भएको टिप्पणी गरेका छन् ।

कार्यक्रममा संघका सल्लाहकारहरु महेन्द्र पाण्डे, बिकासजंग बस्नेत, हरिश ढकाल, अध्यक्ष लक्ष्मण क्षेत्री, उपाध्यक्ष दिनेश थापा, महासचिव सुमन सापकोटा, सचिव पदम शर्मा, कोषाध्यक्ष रविन श्रेष्ठ लगाएतले राजनैतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्र कमजोर बन्दै गैरहेकोमा चिन्ता ब्यक्त गर्दै साना तथा मझौला ढुवानी ब्यवसायीहरुका समस्या, चुनौती र राज्यले अवलम्बन गर्नुपर्ने नितिका बारेमा चर्चा गरेका थिए

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।