१३ आश्विन २०७९, बिहीबार

Sep 29, 2022

काठमाण्डौं । शाकाहारी तथा वनस्पतिजन्य खानेकुराको प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ शाकाहारी ‘शाकाहारी महोत्सव’ आयोजना गरिएको छ । पशु कल्याणकारी संस्था स्नेहाज केयरले हात्तीसरस्थित नेपाल हाउसमा गरेको कार्यक्रममा बारा, आलु, भटमास, फलफूल, जुसलगायत १५ वटा शाकाहारी खानाका कक्ष तथा पशु उपचारसम्बन्धी सामग्रीका कक्ष राखिएका छन् । बोधी गार्डेन, जुस मण्डलालगायत संस्थाको समन्वयमा विभिन्न किसिमका भिगान खानेकुराका स्टल छन्।

शाकाहारी जीवनशैली, स्वास्थ्य तथा पशु कल्याण सम्बन्धमा विज्ञहरुसँग गरिएको अन्तक्र्रियामा पशु कल्याणका क्षेत्रमा क्रियाशील अधिकारकर्मी स्नेहा श्रेष्ठ, बौद्ध गुरु आङफुरी शेर्पा, सुरेश आचार्यलगायतले स्वस्थ जीवनशैली विकास गर्न दुग्धजन्य पदार्थ भएका विशुद्ध शाकाहारी खानेकुराको महत्व रहेकाले त्यसलाई अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

शाकाहारी खानेकुरामा पनि मानिसको स्वास्थ्यलाई आवश्यक पर्ने पौष्टिक तत्व समावेश भएको हुन्छ र त्यस्ता खानेकुराको सेवनले पशु कल्याणका साथसाथै मानव स्वास्थ्य र प्रकृतिको समेत संरक्षण हुने आयोजक संस्थाका कार्यकारी प्रमुख कपिल काफ्लेले बताए । महोत्सवले सर्वसाधारणको खाने र बाँच्ने तरिकामा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुर्याउने र पशु कल्याण प्रवद्र्धन हुने विश्वास राखिएको छ । शाकाहारी खानेकुराको प्रवद्र्धनका लागि आयोजक संस्थाले निःशुल्करूपमा विभिन्न खानेकुरा वितरण गरेको छ । सो अवसरमा ‘द इन्भेजिवल भेगन’ नामक वृत्तचित्र प्रदर्शन गरिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

यु-१७ पुरुष फुटबल टिम घोषणा लुम्बिनीसम्मको धम्म यात्राले रामग्रामबासी हर्षित बुटल बजारको मुख्य समस्या पार्किङ, खस्किँदै ब्यापार बुटवलमा डेङ्गु संक्रमण बढ्दै गएपछि रगत अभाव रोक्न रक्तदान पैदल यात्राकाे सुरक्षा महानगरकाे जिम्मेवारी हो, फुटपाथ व्यापारीमाथि लचिलो हुँदैनौं: बालेन देउवाप्रति गोकुल बास्कोटाको कटाक्ष– सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए नवौं राष्ट्रिय खेलकुदको समापनमा प्रमुख अतिथि बन्न प्रधानमन्त्री देउवालाई निम्तो प्रहरी सहायता कक्षकै अगाडि यात्रुको तानातान लुम्बिनीका विद्युतीय बस सूचारु, चाड पर्वको अवधिभर नि:शुल्क दसैं लागेसँगै हरेक दिन एक लाखले छाड्दैछन् काठमाडौं रामग्राम नगरपालिकाले सुरु गर्यो वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण दुई महिनामा ५११ केजी सुन नेपाल भित्रियो, साढे तीन अर्ब बढी रकम बाहिरियो आज कति छ सुनचाँदीको मूल्य ? गठबन्धनको भागबन्डा टुंगियो, कुन दलले कुन क्षेत्र पाए ? (सूचीसहित) त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु एमाले सचिवालय बैठक बस्दै, उम्मेदवार टुंग्याउने चटारो दसैंको मुखमा चामल बिक्री बन्द भारतमा पनि आईफोन १४ उत्पादन सुरु आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको उपासना गरिँदै