ताजा अपडेट »

सडक मानवहरुलाई सिरक-डसना

शनिबार, ११ पुस २०७७, १४ : १५
46 Shares

बुटवल । प्रदेश सभा अगाडी सडकपेटीमा रहेका बेसाहारा सडक मानवहरुलाई 'घरघरमा हामी' अभियानले सिरक-डसना सेट वितरण गरेको छ । सामाजिक अभियानको सारथी घरघरमा हामी अभियानको 'न्यानो कपडा वितरण' अन्तरगत सो कार्यक्रम गरिएको संस्थाका संयोजक शिव डुम्रेले जानकारी दिए । सिरक डसना सेट वितरण गर्दै अभियानका संयोजक डुम्रेले बुटवल उपमहानगरपालिका सडक मानवमुक्त रहेर पनि यसरी सडकमा रात विताउनुपर्ने अवस्था रहनु निकै दु:खदायी भएको बताए ।

दैनिक सयौं कर्मचारी, सुरक्षाकर्मी, प्रदेश सभाका सदस्यहरु ओहोरदोहोर गर्दासमेत कसैको आखामा पर्न नसक्नु निकै पीडादायी रहेको भन्दै उनीहरुको खाना र न्यानो कपडाको प्रबन्ध अभियानले गर्ने संयोजक डुम्रेले बताए ।

सडकको बाँस गरिरहेका राम नेपाली, विक्रम सुनार, मोहन खड्का र श्याम विकको परिवारलाई अभियानले सिरक डसना र खानासहितको सहयोग गरेको थियो । अभियानले यशअघि पनि सैनामैनाको गाउमा पुगेर न्यानो कपडा वितरण गरेको थियो भने, अब तल्लो मधेसका गाउँहरुमा न्यायो कपडा लिएर जाने जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।