ताजा अपडेट »

भारतमा कोरोना संक्रमितको संख्या एक करोड एक लाख ६९ हजारभन्दा बढी

शनिबार, ११ पुस २०७७, १३ : ३०
2 Shares

काठमाडौ । भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या शनिबारसम्म एक करोड एक लाख ६९ हजारभन्दा बढी पुगेको छ ।

विगत २४ घण्टाको अवधिमा भारतमा २२ हजार २७३ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको संख्या एक करोड एक लाख ६९ हजार ११८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २५१ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजार ३४३ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९७ लाख ४० हजार व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ८१ हजार ६६७ सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा ७५८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको र ३० जनाको सङ्क्रमणको कारण मृत्यु भएको छ । भारतमा कोभिड-१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ४१४ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीब्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शनिबारसम्म देशभर १६ करोड ७१ लाख आठ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।