ताजा अपडेट »

नयाँ मन्त्रीद्वारा शपथ

शुक्रबार, १० पुस २०७७, २२ : २४
4 Shares

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त आठ मन्त्रीलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराएकी छन्। सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना लगायतको उपस्थिति थियो ।

थप भएका नयाँ मन्त्रीहरु सिँचाइ, ऊर्जा तथा जलस्रोत टोपबहादुर रायमाझी, शहरी विकास प्रभु साह, खानेपानी मणि थापा, वन तथा वातावरण प्रेम आले, सामान्य प्रशासन तथा सङ्घीय मामिला गणेशसिंह ठगुन्ना, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक जुलीकुमारी महतो, श्रम, रोजगार तथा सामाजिक सुरक्षा गौरीशङ्कर चौधरी र युवा तथा खेलकूद दाबा लामाले शपथ लिएका हुन् ।

यसैबीच नवनियुक्त उद्योग राज्यमन्त्री विमला विश्वकर्मालाई प्रधानमन्त्री ओलीले शपथ गराएका छन् । प्रधानमन्त्रीले आज मौजुदा मन्त्रिपरिषद्मा नयाँ नौ सदस्य थप गर्नाका साथै केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।