ताजा अपडेट »

भारत भ्रमण सकेर फर्किए प्रधानसेनापति थापा

बुधबार, ०२ माघ २०७५, १५ : १३
6 Shares

माघ २,

काठमाडौं । मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा पुस २७ गतेबाट भारत भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापा स्वदेश फर्किएका छन् । ६ दिने भ्रमण सम्पन्न गरी आज अपरान्ह उनी स्वदेश फिर्ता भएका छन् ।

प्रधानसेनापति थापालाई बलाधिकृत रथी हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उक्त अवसरमा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थितिमा उनको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।