ताजा अपडेट »

नवलपरासीमा शान्ति समाजद्वारा बिरोध प्रदर्शन

शुक्रबार, १० पुस २०७७, २१ : १७
4 Shares

बुटवल । नवलपरासीमा शान्ति समाजद्वारा बिरोध प्रदर्शन नवलपरासी पौष १० गते पश्चिम नवलपरासीमा मानव अधिकार तथा शान्ति समाज नवलपरासी जिल्ला शाखाले आज बर्तमान सरकारका प्रधानमन्त्री मन्त्रीले ससद विघटनका बिरुद्ध आज प्रदर्शन गरेको छ ।

मानव अधिकार तथा शान्ति समाजका बरिस्ठ उपसभापति गोबिन्द खनालले प्रधानमन्त्री ओलिले पार्टी भित्रको भागबन्डाको फोहोरी किचलो दबाउन तथा भ्रष्टाचारि छवि छल्न संबिधानको घाँटी निमोठेर अपराध गरेको बताए। कार्यक्रममा बोल्दै खनालले बर्तमान सरकारले प्रतिनिधि सभाको विघटन गरेर असबैधानिक काम गरेको र यसले लोकतन्त्रलाई खतरामा परेको बताए ।

अहिले प्रधानमन्त्री मन्त्रीले चालेको कदमले देश गम्भीर मोडमा पुगेको बताउदै उहाले जनताको मर्म अनुसारको काम नभएको बताए । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य मोहन प्रसाद बि।क, सल्लाहकार माधव पाण्डे पत्रकार महासघ नवलपरासीका अध्यक्ष हरि शर्मा लगायतले बोल्दै देशले हालसम्म प्राप्त गरेका उपलब्धिहरु गुम्ने खतरा रहेको बताए।

मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष सन्तोष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको औचित्य प्रकाश न्यौपानेले गरेका थिए भने कार्यक्रमको संचालन सचीव गणेश न्यौपानेले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।