२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

२० वर्षको उमेरमा लिजाले बुटवलमा आफ्नै उद्यम सुरु गरिसकेकी थिइन् । उद्यमले उद्यमशील बनायो । जीविकोपार्जन गर्दै आर्थिक अवस्था माथि उकास्न सहयोग पुरायो । उनले सियारी गाउँपालिकामा रहेको जनता माविबाट प्रवेशिका परीक्षा दिएपछि नतीजा कुर्दै गर्दा सिलाई कटाईमा मनग्य मन लगाईन् । गाउँमै रहेकी प्रभा दिदीले सञ्चालन गरेको आधारभूत सिलाई कटाई तालिमपछि उनको मन सियोको प्वालमा धागो छिरे झैं सिलाई कटाईतिर पो छि¥यो । सिलाई कटाई प्राविधिक ज्ञान लाग्यो । आर्थिक उपार्जन गर्न सकिने सीप र व्यवसाय हो भन्ने लिजालाई महसुस् भयो।

Advertisement

उनको गाउँमा सिलाई कटाई गर्नेलाई खासै राम्रो पेसाको रुपमा त्यतिबेला हेरिदैनथ्यो । तैपनि ज्ञान र सीपलाई सही समयमा र स्थानमा लगाउन सके बेरोजगार रहनु पर्दैन भन्ने लाग्यो । आफूलाई समयसापेक्ष उन्नत बनाउने रहर जाग्यो अनि थालिन् फेसन डिजाईनिङ्गको तालिम लिन । ज्ञानीशोभा तुलाधर नेपालकी सम्भवत पहिलो फेसन डिजाईनर्स हुन् । त्यस्तै उनी पनि सियारी गाउँपालिकाकी पहिलो फेसन डिजाइनर्स बनिन् ।

बुटवलमा लिजाले न्यू ओढ्नी बुटिक एण्ड ट्रनिङ्ग सेन्टर खोलेको ६ वर्ष पुग्यो । ओढ्नीको नेपाली अर्थ घुम्टो हुँदोरहेछ । अर्थात् उनले यस क्षेत्रमा बुटिकमार्फत आफ्नो ज्ञान,सीप र क्षमताको घुम्टो उघारेकी छन् । प्रतिभा तिखारेकी छन् । फेसन ट्रेनिङ्ग सेन्टर खोलेर फेसनलाई नयाँ युग र पुस्तासँगै जोड्ने प्रयास, प्रयत्न र पुलको काम गरेकी छन् । आफूलाई यस उद्यममा अब्बल साबित गर्दैछिन् ।

आस्था,प्रतिभा,चन्दा र बिन्दा जस्ता सयौं दिदी बहिनीहरुलाई फेसन डिजाइनिङ्गको तालिम दिइसकेपछि उनीहरुले पसल सञ्चालन गरेको कुरा सुनाउँदै गर्दा लिजाको अनुहार धपक्कै बलेको थियो । शिष्य जन्माउने शिष्ट गुरुमा बन्न पाउँदाको खुसी सायद अपार हुँदोरहेछ । उनको अनुहार पढ्दै गर्दा त्यस्तै अनुभूति भयो । लिजाले सिकारुलाई आफ्नो सीप दिइन,संस्कार दिइन र समाजमा उद्यमीका रुपमा स्थापित गराउँदैछिन् ।

तीन महिनाको आधारभूत तहको सिलाई कटाई तालिम लिनको निम्ति १५ हजार रुपैयाँ लाग्दो रहेछ भने फेसन डिजाईनको कोर्षका विभिन्न चरण( फेसन डिजाइन, स्पेशल इन फेसन डिजाईन, एडभान्स फेसन डिजाईन…।) पूरा गर्नुपर्दो रहेछ । एउटा कोर्ष पूरा गर्दा पौने दुई लाख सिकारुले खर्चिनु पर्ने सुनाईन् । सिलाई कटाई र फेसन डिजाइनिङ्ग ट्रेनिङबाट लिजाले वार्षिक १० लाख आम्दानी गर्छिन् । उनको सेन्टरमा विशेष गरेर महिलाहरु आउने गर्छन् । पढे,लेखेका र भरखरका किशोरीहरु धेरै अनि पाका महिलाहरु कम । फेसन डिजाईनिङ्ग यतिबेलाको माग हो,रोजगारीका लागि अवसर हो र आफ्नै खुट्टामा उभिन सक्ने क्षमताको विकास हो भन्दै थिइन् लिजा ।


उनी आफैले सञ्चालन गरेको बुटिकमा तीनजना बहिनीहरुलाई रोजगार दिएकी छन् । लिजाले महिनामा करिव ५० हजार त्यसैबाट आम्दानी गर्छिन् । उनको बुटिकले यतिबेला बजार तताएको छ । रोजगार र स्वरोगार दिएको छ । त्यतिमात्र होइन नयाँ पुस्तालाई नयाँ युगसँग परिचित गराएकी छन् । पोसाकले परिचय खुलाउँछ । पहिचान दिन्छ र प्रसिद्धितर्फ उन्मुख गराउँदछ ।

उनीहरुले पुरानो कपडालाई नयाँ बनाउँछन् । खेर जान सक्ने लुगाहरुलाई तरो लगाउँछन् ।कपडालाई कलर कम्बिनेसन गराई आकर्षक बनाउँछन् । कपडालाई सुन्दर बनाएर भ्यालु एड गर्छिन् । जिउ अनुसारको फेसन डिजाइनिङ्ग गर्छिन् । ब्रिडेन लेङ्गा यतिबेला खुब चलेको छ । अन्त नपाइने नौलो खालको र इच्छा अनुसारको ( वन पिस) डिजाइनका लागि लिजा परिचित छिन् । कपडालाई नयाँ स्वरुप र ग्राहकलाई उचित कपडाको सिफारिस गर्न झनै खप्पीस छिन् ।

लिजा चौधरीको घर सियारी गाउँपालिकामा रहेको छ । घरकी साहिँली छोरी हुन् । बहिनी पुष्पाले व्यवस्थापनमा डिग्री उत्तीर्ण गरेर उनकै उद्यममा सहयोगी बनेकी छन् । भाइले बिएमएलटी पढ्दैछ । आमा जनप्रतिनिधि हुन् । दुई दिदीहरुको बिहे भइसक्यो । घरखर्च,औषधीपानी,भाइको पढाई खर्च लगायतका सबै व्ययभार लिजा आफैले थाप्लोमा बोकेको कुरा उनकी आमाले बताउँदै थिइन् । उनीसँग खाना पकाउने अचम्मको कला र सीप छन् । थाईल्याण्डमा समेत आफ्नो नृत्यकला प्रदर्शन गरिसकेकी छन् ।

फेब्रिक पेन्टिङ्ग (बेड सीट,टेबल पोस,सिरानीमा),गुडिया,कुशन बनाउने सीप समेत प्रशस्त भएकी लिजाले विभिन्न सहकारी,सामाजिक संस्थाहरु,महिला समूहहरुलाई सो सम्बन्धी तालिम दिएर अर्थोपाजर्नन गरेकी छन् । घरेलु कार्यालय,विभिन्न स्थानीय सरकारले आयोजना गरेका फेसन डिजाइनिङ्ग सम्बन्धी तालिम दिएर समेत आर्थिक लाभ लिएकी छन् ।

निकट भविष्यमा लिजाले फेसन डिजाईनिङ्गमा एकाडेमिक कोर्ष सञ्चालन गर्ने, सक्षम,सीपयुक्त र दक्ष जनशक्ति तयार पारी उद्यमी बनाउन पहल गर्ने र आफ्नो बुटिकलाई थप विस्तार गरी यस क्षेत्रकै नामी बुटिक हाउसका रुपमा चिनाउने रहर बुनेकी छन् । आर्थिक एवम् सामाजिक रुपमा आफ्नो उद्यमलाई प्रतिष्ठित बनाउने अभियानमा छिन् ।

प्रतिकृया दिनुहोस्

Flash News

मामाघर जाँदा खोलाले बगाएका बालकको शव फेला निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तामा प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ बाट निर्वाचन लड्ने एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार