ताजा अपडेट »

रुद्रादेबी : गुल्मीकी पहिलो महिला सिडिओ

शुक्रबार, १० पुस २०७७, १८ : ०८
6 Shares


गुल्मी । गुल्मीमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सिडिओे) रुपमा आएकी छन् । जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा महिला सिडिओे) रुद्रादेबी शर्मा रामेछाप जिल्ला प्रशासन कार्यालयबाट सरुवा भइ आएकी हुन् । ११ महिनासम्म रामेछाप जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्मा ३९ औं प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भई गुल्मीमा बिहिवार आएकी हुन् । यस अघिका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको गृहमन्त्रालयमा सरुवा भएपछि जिल्लाको हकमा पहिलो पटक महिला (सिडिओे) आएकी हुन् ।

जिल्लामा प्रमुख जिल्ला अधिकारी रहेको ५० वर्षे ईतिहासमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सिडिओे) पाएको हो । २०२७ सालदेखि प्रमुख जिल्ला अधिकारी (सिडिओे) रहेको इतिहासमै महिला भने आएका थिएनन् । जिल्लाको लामो इतिहासमै ३९ औं प्रमुख जिल्ला अधिकारी (सिडिओे) रुपमा महिला आएकी हुन् ।

जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमाा कार्यभार सम्हालेकी प्रमुख जिल्ला अधिकारी शर्माले जिल्ला स्थित बिभिन्न क्रियाशिल राजनैतिक दल, पत्रकार, संघसंस्थाहरुका प्रमुखहरुसँग परिचयात्मक कार्यक्रम र जिल्लाको वस्तुस्थितिको बारेमा समेत जानकारी लिएकी छन् पत्रकारहरुसँगको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले आफनो मुख्य भूमिका जिल्ला वासीको लागि शान्ति सुरक्षा दिनु र अपराध नियन्त्रण गर्नु रहेको बताइन् । जिल्लामा शान्ति सुरक्षा र अपराध नियनत्रण भइसकेपछि जनताले न्यायको अनुभुति हुने काम हुने भएकाले त्यसतर्फ ध्यान केन्दित हुने शर्माले बताइन् ।

सरकारी कार्यालयहरुले दिने सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र पारदर्शी बनाउनको लागि सबै कार्यालयहरुसँग समन्वय गरेर अगाडी बढने बताइन् । जिल्लाबाट हुने सेवा प्रवाहलाई नागरिकमैत्री, सेवाग्रही मैत्री तरिकाले प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।सबैसँग मिलेर कानुनको शासनमा बिबेकशिलता र सम्बेदनशिलतामा रहेर सेवा प्रवाह प्रदान गर्ने शर्माको भनाई छ । जनमुखि प्रशासन, पारदर्शीता र सुशासनको सिद्धान्तबाट अगाडी बढने लक्ष्य रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन्।

२०६८ सालबाट सरकारी सेवामा प्रवेश
२०६८ सालमा अधिकृतको रुपमा सरकारी सेवामा प्रबेश गरेकी प्रमुख जिल्ला अधिकारी शर्मा झण्डै १० वर्षको अन्तरालमा नेपाल सरकारको सह–सचिव जस्तो गरिमाय पदमा पुगेकी छन् । सरकारी सेवामा प्रबेश पछि उनि ६ वर्ष राष्ट्रिय योजना आयोगमा काम गरेको अनुभव रहेको छ ।त्यस लगत्तै नेपाल सरकारको उपसचिव भएपश्चात सञ्चार मन्त्रालयमा काम गरेको बताइन् । २०७६ सालमा नेपाल सरकारको सह–सचिवमा नाम निकालेपछि बाग्मति प्रदेशमा मुख्यमन्त्रीको कार्यालयमा सचिवको रुपमा काम गरेको बताइन् ।

त्यस लगत्तै १३ महिना महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा काम गरेको बताइन् । केहि समय श्रम मन्त्रालय हुँदै १० महिनासम्म रामेछाप जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा रहेर सरकारी सेवाको अनुभव रहेको छ । उनको गुल्मी जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा दोस्रो कार्यालकाल हो । प्रमुख जिल्ला अधिकारी शर्माको पुख्र्यौली घर बाग्लुङ जिल्लामा पर्दछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।