१३ आश्विन २०७९, बिहीबार

Sep 29, 2022

बुटवल । बुटवल उपमहानगरपालिकाको नगर सभाको आठौं अधिवेशन सुरु भएको छ । यसलाई नगर सरकारको नगर संसदको हिउँदे अधिवेशन पनि भनिन्छ । नगर सभा हलमा शुक्रबारदेखि सुरु भएको बैठकको शुभारम्भ गराउँदै नगरप्रमुख शिवराज सुवेदीले सबल आर्थिक केन्द्र समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुशी जनताको संकल्प साकार पार्नेगरि उपमहानगर केन्द्रित रहेको बताए ।

Advertisement

प्रमुख सुवेदीले राष्ट्रिय राजनीतिमा आउने उतारचढाव, संघीय संसदका घटनाक्रमले स्थानीय पालिकाको कार्यसञ्चालनमा कुनै पनि प्रकारको प्रभाव नपर्ने स्पट पार्दै समृद्ध बुटवल खुशी बुटवलबासीको संकल्प साकार पार्न सबै नगरसभाका सदस्यहरु एकताबद्ध रहेको प्रष्ट पारे।
नगरसभाको आठौं अधिवेशनको शुक्रबारको बैठकमा अनुगमन समिति संयोजक तथा उपप्रमुख गुमादेवी आचार्यले विभिन्न विषयका कार्यसूचि गरेकी छिन् । अनुगमन तथा मूल्यांकन गर्ने सम्बन्धी ऐन, २०७५ मा संसोधन प्रस्ताव टेवुल गर्नु भएको छ ।

यस्तै पूर्वाधार विकास समितिका संयोजक तथा उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले उपभोक्ता समिति मार्फत सञ्चालन हुने आयोजनाहरुका लागि पाँच प्रतिशत धरौटी राख्ने व्यवस्था हटाउने सम्बन्धी प्रस्ताव गरे । शुक्रबारकै बैठकमा आर्थिक विकास समितिका संयोजक तथा नगर सभाका सभासद् टंक पराजुलीले बुटवल उपमहानगरपालिकाको सार्वजनिक खरिद नियमावली, २०७७ को प्रस्ताव पेश गरेको नगरसभाका सदस्य सचिव तथा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।

नगरसभामा लेखा समितिका संयोजक तथा नगरसभाका सभासद् कृष्णप्रसाद भुसालले महालेखा परीक्षकबाट प्राप्त अन्तिम लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरे। सामाजिक विकास समितिका संयोजक तथा नगरसभाका सदस्य सीता थापा आचार्यले बालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन २०७५, मा संशोधन प्रस्ताव नगरसभाको बैठकमा पेश गरे । नगरसभाका सदस्य तथा उपमहानगरको सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक महेन्द्रप्रसाद लिगले नगरको स्वास्थ्य संरचनाको दरबन्दी तथा अन्य दरबन्दी प्रस्ताव टेबूल गरे ।

शुक्रबारको बैठकमा टेबुल भएका विभिन्न सातवटा प्रस्तावहरुमा नगरसभाका सदस्यहरुले राय सुझावसहित आफ्ना भनाइ राख्नेगरि समय तालिका र सचिवालय व्यवस्थापन गरिएको छ । नगरसभाको आठौं अधिवेशनको अर्को बैठक शनिबार बस्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्

Flash News

कबीर अटो मोबाइल्सको चाड–पर्व अफर : ‘स्वदेशी उत्पादन प्रयोग गरौं, नगद सस्तोमा किनौं’ यु-१७ पुरुष फुटबल टिम घोषणा लुम्बिनीसम्मको धम्म यात्राले रामग्रामबासी हर्षित बुटल बजारको मुख्य समस्या पार्किङ, खस्किँदै ब्यापार बुटवलमा डेङ्गु संक्रमण बढ्दै गएपछि रगत अभाव रोक्न रक्तदान पैदल यात्राकाे सुरक्षा महानगरकाे जिम्मेवारी हो, फुटपाथ व्यापारीमाथि लचिलो हुँदैनौं: बालेन देउवाप्रति गोकुल बास्कोटाको कटाक्ष– सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए नवौं राष्ट्रिय खेलकुदको समापनमा प्रमुख अतिथि बन्न प्रधानमन्त्री देउवालाई निम्तो प्रहरी सहायता कक्षकै अगाडि यात्रुको तानातान लुम्बिनीका विद्युतीय बस सूचारु, चाड पर्वको अवधिभर नि:शुल्क दसैं लागेसँगै हरेक दिन एक लाखले छाड्दैछन् काठमाडौं रामग्राम नगरपालिकाले सुरु गर्यो वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण दुई महिनामा ५११ केजी सुन नेपाल भित्रियो, साढे तीन अर्ब बढी रकम बाहिरियो आज कति छ सुनचाँदीको मूल्य ? गठबन्धनको भागबन्डा टुंगियो, कुन दलले कुन क्षेत्र पाए ? (सूचीसहित) त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु एमाले सचिवालय बैठक बस्दै, उम्मेदवार टुंग्याउने चटारो दसैंको मुखमा चामल बिक्री बन्द भारतमा पनि आईफोन १४ उत्पादन सुरु