१४ आश्विन २०७९, शुक्रबार

Sep 30, 2022

खलङ्गा। जुम्लाका स्थानीयवासी बेमौसमी तरकारी खेतीप्रति पछिल्लो समयमा आकर्षण भएका छन् । बेमौसमी तरकारी खेती गर्ने क्रम बढेपछि यहाँका आठवटै स्थानीय तहका स्थानीयावासीका घरघरै प्लाष्टिक टनेल निर्माण हुन थालेका छन् ।

Advertisement

हिउँदे मौसममा जिल्लामा ताजा तरकारीको अभाव हुने गरेकाले किसानले प्लाष्टिक टनेल निर्माण गरी बेमौसमी तरकारीको उत्पादन गर्न थालेका तिला गाउँपालिका–१ का स्थानीयवासी भीमबहादुर बुढाले जानकारी दिए।

उनले भने, “जिल्लामा हिउँदको समयमा तरकारी अभाव हुने गरेको छ । अहिले जिल्लामा नेपालगञ्ज र सुर्खेतबाट गाडीबाट तरकारी ढुवानी भइरहेको छ । ” तराईबाट आएको तरकारी महँगो हुने भएपछि घरमै आफैँ उत्पादन गरेको तरकारीले घरमा खानेदेखि बजारमा बिक्री हुने भएकाले यस समयमा यहाँका किसान तरकारी खेतीमा आकर्षित भएको उनले बताए ।

विदेश तथा भारतबाट घर फर्केका युवामा यस पेशमा आकर्षण भई बेमौसमी तरकारी खेतीमा लागेको स्थानीयवासी सरोज केसीले जानकारी दिए। प्लाष्टिक टनेलमा तरकारी खेती गर्न थालेपछि यस समयमा बेमौसमी तरकारी उत्पादनमा यहाँका स्थानीयवासी लागिपरेका स्थानीयावासी उनले बताए। सिंजा गाउँपालिका स्थानीयवासी गगन बुढाले प्लाष्टिक टनेलमार्फत गाउँमा बेमौसमी तरकारी उत्पादन गर्न गाउँका स्थानीयवासीको प्रतिस्पर्धा हुनेगरेको केसीले बताउए। उनले भने, “तरकारी खेती गर्न थालेपछि किसानको आम्दानीको स्रोतदेखि ग्रामीण भेगका महिलाको व्यक्तिगत विकासदेखि जीविकापार्जनमा मद्दत पुगेको हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताए ।

बाहिरी हावापानीको प्रभाव नपर्ने भएकाले टनेलमा तरकारी उत्पादन पनि राम्रो हुने गरेको यहाँका बेमौसमी तरकारी खेतीमा लागेकका स्थानीयवासी बताउँछन् । प्लाष्टिक टनेलमा उत्पादन भएको साग प्रतिमुठा १५ देखि २० मा बिक्री हुने गरेको छ । स्थानीयवासीले धनियाँ, टमाटर, प्याज, काउली, लसुन, गाँजरलगायत तरकारी उत्पादन गरेका उपाध्यक्ष उनले भने “सदरमुकाममा बेमौसमी तरकारीको माग बढेकाले व्यावसायिक खेतीमा यहाँका स्थानीयवासीमा आकर्षण बढेको उपाध्यक्ष बुढाले भने ।”

मङ्सिरदेखि फागुनसम्म तरकारीका बिरुवा चिसोबाट जोगाउन टनेल निर्माण गरिएको छ । बारीमा आएर साग, धनियाँ, टमाटर र गाँजर किन्न आउने गरेका किसान राप्रसाद धितालले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

रवीन्द्र मिश्रले गरे काठमाडौं-१ बाट उम्मेदवारी घोषणा नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक नगरवासीका गुनासो सुन्न ‘हेल्लो तिलोत्तमा’ गुल्मीको ‘लितुङ्गकोट’ भाकलसँगै लाहुरेहरुको गाउँ ‘फोक्सिङ्ग’ सातै प्रदेशका नीति आयाेगका उपाध्यक्षको सरकारलाई आग्रहः आयोग चलाउने छुट्टै ऐन चाहियो मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल नक्कली नोटसहित पक्राउ जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ पोखरामा बेच्न राखिएका भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव पत्रकारप्रति जनप्रतिनिधिको व्यबहार ‘अपमानजनक’, दृष्टिकोण परिवर्तन गर्न आवश्यक फोहर फाल्ने स्थान पहिचान गर्दै काठमाडौं महानगर फेरि बढ्यो सुनको मूल्य पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ: गगन थापा खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी नेप्सेमा नेपाल ल्यूव आयलको शेयरमूल्य समायोजन मोटरसाइकल अनियन्त्रित भई खसेका व्यक्तिलाई ट्रकले कुल्चिदा घटनास्थलमै मृत्यु एक किमीको भाडा २५ रुपैयाँ! गोठाटार गोलीकाण्डः एक महिलासहित ३ जना पक्राउ कर्णालीमा पाँच सय ४१ जनालाई डेङ्गु पश्चिम नवलपरासीमा चाडपर्वसँगै बजार अनुगमन तिब्र