ताजा अपडेट »

१४ वटा सडककाे दस्तुर बढ्यो

शनिबार, १४ बैशाख २०७६, १२ : २७
8 Shares

वैशाख १४,
काठमाण्डौं ।सरकारले १४ वटा सडक खण्डको सवारी उपभोग दस्तुर बढाएको छ । सडक बोर्ड नेपालले सडक मर्मतका लागि भन्दै साना, मझौला तथा ठूला सवारीसाधनसँग लिँदै आएको शुल्क बढाएको हो । सडक बोर्ड ऐन, २०५८ को दफा ६ मा राजपत्रमा सूचना प्रकाशित गरी सडक खण्डमा चल्ने सवारी साधनबाट शुल्क असुल्न सकिने व्यवस्था छ । ऐनको यही व्यवस्थाअनुसार राजपत्रमा सूचना प्रकाशित गरेर बोर्डले दस्तुर बढाएको हो ।

यसअघि गत चैत १४ को मन्त्रिपरिषद् बैठकले सडक प्रयोग गरेपवापत तिर्नुपर्ने दस्तुर वृद्धि गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको थियो ।सडक बोर्ड नेपालले सडक मर्मतका लागि स्रोत संकलन गर्न १४ सडक खण्डबाट उपभोग दस्तुर संकलन वृद्धि गरिएको जनाएको छ ।

बोर्डका अनुसार, हेटौडा–नारायणघाट, नारायणघाट–बुटवल, नौबीसे–मुग्लिन, भैरहवा–भूमही सडक खण्डमा उपभोग दस्तुर बढेको छ । त्यस्तै, काँकडभिट्टा–दमक, दमक–इटहरी, विराटनगर–धरान, कोशी चौहर्वा र चौकर्वा–पथलैया रुटमा चल्ने सवारी साधनले पनि अब सडक उपभोग दस्तुर पहिलेभन्दा बढी तिर्नुपर्नेछ ।सडक बोर्ड नेपालका अनुसार, हेटौंडा–वीरगञ्ज, वीरगञ्ज–पथलैया, धुलिखेल–खुर्कोट, खुर्कोट–सिन्धुली–बर्दिबास र पाँचखाल–मेलम्ची सडक खण्डको पनि उपभोग शुल्क बढाइएको छ । सवारी साधनहरुलाई ठूला, मझौला र साना ३ वर्गमा वर्गीकरण गरी दस्तुर संकलनको तयारी बोर्डले गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।