२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

वीरगञ्ज । कोरोनाको प्रभाव तथा विगत लामो समयदेखि नेपाल–भारत सीमा नाका बन्द रहेका कारण एकीकृत भन्सार जाँच चौकी (आइसिपी)ले चालू आर्थिक वर्षको मङ्सिर महिनासम्म लक्ष्यभन्दा ११ प्रतिशतले कम राजश्व उठाएको छ ।

Advertisement

सङ्घीय सरकारले भन्सार कार्यालयलाई चालू आवको साउनदेखि मङ्सिरसम्म पाँच महिनाभित्र रु ६५ अर्ब २५ करोड ५५ लाख राजश्व उठाउने लक्ष्य दिएकामा सो कार्यालयले सो अवधिमा रु ५८ अर्ब १५ करोड ८९ लाख मात्र राजश्व उठाउन सकेको छ । सो रकम लक्ष्यको तुलनामा ११ प्रतिशतले कम देखिएको छ । देशमा कोरोना सङ्क्रमणका कारण अर्थतन्त्रमा परेको प्रभाव तथा नेपाल–भारतबीच रहेको सीमा नाका लामो समयदेखि बन्द रहेकाले सो अवधिमा घट्दो आयातका कारण तोकिएको लक्ष्य प्राप्त गर्न नसकिएको हो । भन्सार अधिकृत शैलेन्द्र अधिकारीले राससलाई भने, “भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधनलगायत अन्य सामान सोचे जस्तो आउन नसकेकाले सो अवधिमा लक्ष्य भेट्टाउन नसकिएको हो ।’’

सङ्घीय सरकारले सो भन्सार कार्यालयलाई आव २०७७/७८ का लागि रु एक खर्ब ७१ अर्ब राजश्व उठाउन लक्ष्य दिएको छ । सो अवधिमा नेपालबाट सनफ्लावर तेल, डाबरका उत्पादन, खाने तेललगायतका रु १५ अर्ब ५८ करोडको सामान भारततर्फ निकासी भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको पाँच महिनामा रु ७६ अर्ब ३३ करोड मूल्य बराबरको विभिन्न सामान भारततर्फ निर्यात भएको छ । सो अवधिमा वीरगञ्ज नाकाबाट सबैभन्दा बढी भटमासको तेल भारततर्फ निर्यात भएको बताइएको छ । कोरोना महामारी तथा सीमा नाका बन्द हुँदा भारततर्फ निकासी हुने सामानमा समेत प्रभाव पर्न गएको हो । सो अवधिमा वीरगञ्ज नाकाबाट रु नौ अर्ब १० करोड मूल्य बराबरको छ करोड ३१ लाख किलो भटमासको तेल भारततर्फ निकासी भएको भन्सार अधिकृत रमेश सुकमनीले बताए ।

तेस्रो मुलुक अर्जेन्टिना, ब्राजिल, युक्रेन, इण्डोनेशियालगायतका देशबाट व्यापारीले भटमासको अर्धप्रशोधित तेल आयात गर्ने गरेको छ । नेपालबाट भारत निकासी हुने मुख्य वस्तुको शीर्ष स्थानमा भटमासको प्रशोधित तेल रहेको छ । अघिल्लो वर्षसम्म पाम आयलको भारत निकासी उच्च रहे पनि भारत सरकारले सो तेलको आयातमा प्रतिबन्ध लगाएपछि उद्योगी व्यवसायीले भटमासको तेलको निकासी बढाएको छ । वीरगञ्ज भन्सार नाका भटमासको तेल निकासी हुने मुख्य नाका मानिएको छ ।

बारा, पर्सामा रहेका १४ वटा उद्योगले यस्ता तेल निकासी गर्दै आएका छन । भारतले पाम आयलको आयातमा प्रतिबन्ध लगाएपछि स्वदेशी उद्योगले भटमासको कच्चा तेल ल्याएर प्रशोधन गरी भारत निकासी गर्दै आएको छ । यस वर्ष लामो समयसम्म रहेका लकडाउनका कारण उत्पादन गरिएको वस्तु निर्यात हुन नसकेपछि भन्सार राजश्वमा गिरावट आएको सम्बन्धित कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए