ताजा अपडेट »

जीतगढीबाट राइड टू रानीमहल

शुक्रबार, १० पुस २०७७, ०८ : ५७
6 Shares


बुटवल । राइड टू रानीमहल सिजन-२ को यात्रा बुटवलको जीतगढी किल्लादेखि आज सुरु भएको छ । रुपन्देही जिल्ला साईक्लिङ संघको आयोजनामा सुरु यात्रालाई उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले यात्रुहरुलाई बुटवलदेखि विदाई गरे ।

लुम्बिनी प्रदेश पर्यटन मन्त्रालय, पर्यटन डिभिजन कार्यालय रुपन्देही, साईन रेसुङा विकास बैंक, बुटवल उपमहानगरपालिका, तानसेन नगरपालिकासहित विभिन्न संघ–संस्थाहरुको सहयोगमा आयोजित रानीमहल यात्रामा देशका विभिन्न जिल्लादेखि १५० बढी सहभागी भएका छन् ।

यात्रामा सहभागीहरुलाई विदाई गर्दै मन्त्री गिरीले खेलकूदबाट व्यक्तिमा अनुशासनसँगै पर्यटन विकासमा समेत टेवा मिल्ने बताए । नेपालको ऐतिहासिक पर्यटकीय रानीमहलको प्रवर्द्धन गर्ने पवित्र उद्देश्यका आयोजित कार्यक्रमले पर्यटन विकासमा सहयोग गर्ने अपेक्षा गरे । पर्यटन नै विकासको आधार भएको भन्दै यसमा युवाहरु नै अघि बढ्नुपर्ने उनको सुझाव छ । खेललाई पर्यटनसँग जोडेर गरिएको अभियानले पर्यटनको विकाससँगै यस क्षत्रलाई आर्थिक केन्द्रको रुपमा विकास गर्न टेवा पुग्ने बताए ।

रुपन्देही जिल्ला साईक्लिङ संघका अध्यक्ष पुकार थापाले सबैको साथ र सहयोगबाट राष्ट्रियस्तरको साइक्लिङ कार्यक्रम आयोजना गरिएको बताए । बुटवलको सामरिक, ऐतिहासिक स्थल जितगढी किल्लाबाट पाल्पाको रानीमहल सम्मका लागि सुरु भएको यात्रामा काठमाण्डौ, पोखरा, नेपालगञ्ज, नारायणगढ लगायत स्थानबाट राइडरहरु सहभागी भएका छन् ।

https://www.globalaawaj.com/archives/69867
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।