ताजा अपडेट »

महामारीमा ‘हरियो तरकारी’को राहत, महिनाभर १० प्रतिशत छुट

विहीबार, ०९ पुस २०७७, १७ : ३७
10 Shares

बुटवल । बुटवल– ९ मिलनचोक तिनकुने स्थित हरियो तरकारीले कोरोना महामारीपछि ग्राहकका लागि नयाँ योजना ल्याएको छ । कोभिड–१९ ले बनाएको जटिल अवस्था तथा उपभोक्ताको जनजीवनमा परेका समस्यालाई मध्यनगर गरी तरकारी र फलफूलमा १० प्रतिशत छुटको व्यवस्था गरेको सञ्चालक लक्ष्मण शर्माले बताए ।

‘अहिले कोरोना महामारीको अवस्था पहिला भन्दा केही कम भएतापनि लामो समयसम्मको बन्दाबन्दीका कारण आर्थिक क्रियाकलाप पूर्ण रुपमा सञ्चालन आएका छैन सञ्चालक शर्माले अघि भने,यो महिना भरी सबै अर्गानिक तरकारी र फलफूलमा १० प्रतिशतको छुटको व्यवस्था गरिएको छ ।’ हरियो तरकारीले फोन/इन्टरनेटको भरमा तरकारी घर–घरमा डेलिभरी समेत गर्दै आएको छ ।

यूरोपियन देशबाट कन्सट्रक्शन इञ्जिनियर अध्ययन गरी ५ वर्षपछि नेपाल फर्केका शर्माले २ वर्ष अघि ‘हरियो तरकारी’ नामक तरकारी पसल सञ्चालन गरेका हुन्। करिब ३ करोडमा आधुनिक प्रविधि र फरक ढङ्गबाट उनले शहरबासीलाई ताजा र स्वस्थ तरकारी प्रदान गर्ने प्रयास गरेका छन् ।

https://www.globalaawaj.com/archives/8388
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।