११ आश्विन २०७९, मंगलवार

Sep 27, 2022

कोरोनाभाइरसको महामारी थप फैलिन नदिन भन्दै भारतका विभिन्न राज्यमा कर्फ्यु जारी गरिएको छ । दक्षिण पश्चिमी राज्य कर्नाटकमा हिजोदेखि जनवरी २ तारिखसम्म लागू हुनेगरी कर्फ्यु आदेश जारी गरिएको हो । कर्फ्यु रातको समयमा मात्रै लागू हुने भएको छ । राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्रै लागू हुनेगरी कर्फ्यु आदेश जारी गरिएको अधिकारीहरूले जनाएका छन् ।

यसअघि भारतकै महाराष्ट्र राज्यले पनि सातघण्टे कर्फ्यु आदेश जारी गरेको केही दिनपछि कर्नाटक राज्यले आठ घण्टे कर्फ्यु लगाएको हो ।महाराष्ट्रमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । महाराष्ट्रमा जनवरी ५ सम्मका लागि कर्फ्यु लगाइएको अधिकारीहरूले जनाएका छन् ।

नयाँ वर्ष २०२१ र क्रिसमसका अवसरमा भीडभाड र चलहलपहल बढेर महामारी थप फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरिएको आदेशमा उल्लेख गरिएको छ । कर्नाटकका स्वास्थ्यमन्त्री डा के सुधाकरले डिसेम्बर २३ देखि जनवरी २ सम्म रातिको समयमा बाहिर निस्कने, हिँडडुल गर्ने वा भीडभाड गर्ने कुनै पनि गतिविधि नगर्न सबैलाई आह्वान रेका छन् । भारतको कर्नाटकमा मात्रै अहिलेसम्म कोरोनाभाइरसका कारण १२ हजार २९ जनाको मृत्यु भएको छ भने कूल १४ हजार १४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन्  ।-ntvonline

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने सिलौटाले छातीमा प्रहार गरी श्रीमतीको हत्या वैकल्पिक राजनीतिक बारेको बहस ! आबेको अन्त्येष्टिअघि हजारौँ प्रदर्शनकारी विरोधमा उत्रिए अमेरिकी सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै लुम्बिनी प्रदेशमा पर्यटन प्रर्वद्धनका आधारहरु तीन घण्टादेखि बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँट टुंग्याउने प्रयास दक्षिण कोरियाको असैनिकृत क्षेत्रको भ्रमण गर्दै ह्यारिस आश्रममै दशैँ राष्ट्रसंघमा परराष्ट्र सचिवले राखे युक्रेन, अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, प्यालेस्टाइन र यमनका विषयमा नेपालको स्पष्ट धारणा हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश ट्रयाक्टरबाट खसेर एकको मृत्यु मनास्लु हिमपहिराेः एक जनाको मृत्यु, १० को सकुशल उद्धार बेलहिया नाकामा ५ पर्यटकको भब्य स्वागत सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट रवीन्द्र मिश्र भोलि राप्रपा प्रवेश गर्ने, वरिष्ठ उपाध्यक्ष पद पाउने लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली बंगलादेशमा डुंगा दुर्घटनाः मृत्यु हुने ५१ पुगे ‘माटोका सामग्रीलाई प्लाष्टिकले विस्थापित गरिदियो’ इतिहासकै उच्च अमेरिकी डलरको भाउ