ताजा अपडेट »

जीप दुर्घटनामा एकको मृत्यु, तीनजना घाइते

विहीबार, ०९ पुस २०७७, ०९ : १३

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धनगढीबाट बझाङतर्फ गईरहेको जिप सुर्नया गाउँपालीका–७ आलुगैरामा दुर्घटना हुँदा चालक बझाङ बुङ्गलका धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।

दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो । बैतडीको पुर्चौडी नगरपालिका ४ भटनाका ३५ बर्षीय जनकराज भट्ट र सोही ठाउँका अन्दाजी ४० बर्षीय गंगादत्त भट्टको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक धामीले जानकारी दिए।

दुर्घटनामा परी घाइते भएका बझाङको बित्थडचीर गाउँपालिकाका हरिश बोहराको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । जीप सडकबाट करीब १५० मिटर तल खसेको छ ।-ntvonline

https://www.globalaawaj.com/archives/70147
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।