९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ मा दैनिक छावासहित आउने जङ्गली हात्तीका कारण स्थानीयवासी त्रसित बनेका छन् । दिनभरि नजीकै रहेको आदर्श नमूना सामुदायिक वन क्षेत्रभित्र बस्ने र साँझ पर्ने बित्तिकै गाउँ पसेर किसानले लगाएको सागसब्जी कुल्चेर नष्ट गर्ने, घरभित्र थन्क्याएको अन्नसमेत खाइदिएको हुँदा उनीहरु ज्यान बचाउनु कि अन्न भन्ने कुराले त्रसित बनेका हुन् ।

Advertisement

“दैनिक कहिले दुईतीनवटा त कहिले बच्चासहित आउने जङ्गली हात्तीले हैरान पारिसके”, हात्ती मानव द्वन्द्व न्यूनीकरण समितिका सचिव सीताराम बास्तोलाले भने, “ज्यान जोगाउनु कि अन्न । बल्ल वर्षभरि खाने धान घर भित्र्याइएको छ, त्यो पनि हात्तीले ढिकुटी नै उधिनेर खान थाल्यो ।” उनले हात्ती धपाउनका लागि डिभिजन वन कार्यालयसँग पटकपटक साइरनसहितको गाडी माग गरे पनि बेवास्ता गरेको आरोप लगाए ।

सचिव बास्तोलाले घरघर आउने हात्तीका कारण रातभर अनिदो बस्ने गरेको बताए । हालसम्म थाल ठट्टाएर, होहल्ला गरेर र पुल्टो बालेर हात्ती धपाउँदै आएको उनको भनाइ छ । “खेतमा धान हुन्जेल भित्र्याउन नपाइएला भन्ने चिन्ता थियो”, उनले भने, “जसोतसो बचाएर घर त भित्र्याइयो, बच्चासहितको हात्ती सिधै घरतिरै आउन थालेपछि धानसँगै ज्यान जोगाउनै मुस्किल भयो ।”

डिभिजन वन कार्यालय झापाका फरेस्टर डिल्लीराम खरेलले बुद्धशान्ति गाउँपालिकाका कुनै पनि वडाबाट हात्तीले क्षति पु-याएको गुनासो हालसम्म नआएको बताए । उनले गुनासो आएका र हात्ती भएका स्थानमा कार्यालयले साइरनसहितको गाडी पठाएर रातभर सुरक्षा दिँदै आएको बताए ।उनका अनुसार जिल्लाका अन्य क्षेत्रभन्दा मेचीनगरको चारआली र भद्रपुर नगरपालिकाको पृथ्वीनगर क्षेत्रमा आठवटा रैथाने हात्ती देखापरेकाले सो क्षेत्रमा साइरनसहितको गस्ती टोलीले दैनिक सुरक्षा प्रदान गरिरहेको छ ।

फरेस्टर खरेलले चालू आर्थिक वर्षको पाँच महिनामा जङ्गली हात्तीले अन्नबाली नष्ट गरेबापत राहतका लागि डिभिजन वन कार्यालय झापाको कार्यालयमा दुई हजार छवटा निवेदन दर्ता भएको बताए । तीमध्ये साउनमा सबैभन्दा बढी ७६, भदौ ५२, असोज ५७, कात्तिक २४ र मङ्सिरमा १६ वटा राहतका लागि किसानले निवेदन दर्ता गराएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

‘प्रेम गीत-३’ हिन्दी भर्सन सोमबारदेखि क्यूएफएक्ससहित देशभरका हलमा प्रदर्शन हुने बुटवलको देविनगरस्थित नवदुर्गा मन्दिरमा भागवत महापुराण महायज्ञ हुने खोलामा डुबेर एक बालकको मृत्यु चाडपर्वमा महङ्गी र कालोबजारी, अनुगमन गर्न माग चोरी आरोपमा वडासदस्य पक्राउ माइल्स इन्टरनेशनल कन्सल्टेन्सीको दाङमा पहिलो सेमिनार, डेढ सय बढी सहभागी मोबाइलको लतले पढाइमा विद्यार्थीको रुची घट्दै, शिक्षक र अभिभावक चिन्तामा आयोगलाई आचारसंहिता व्यवहारिक बनाउन दलहरूको सुझाव उत्साहित भएर नगरबासीकाे सेवा प्रवाह लाग्न कर्मचारीलाई नगर प्रमुख पाण्डेयको आग्रह रुपन्देहीमा ६ लाख ३२ हजार मतदाता, कुन निर्वाचन क्षेत्रमा कति ? व्याकुल माइलालाई अब सरकारले प्रत्येक महिना ५० हजार भत्ता दिने भारतबाट दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो माओवादी केन्द्र धनकुटाद्वारा सामुहिक राजीनामा रुपन्देहीको देवदह नगरपालिकाले ८२ फुट भित्रका ठेला र अबैध संरचना हटाउने यस्तो छ रुपन्देही प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना दुई महिनामा १२१ बढी देशसँग वैदेशिक व्यापारः ११६ देशसँग घाटामा गाविस सविचसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा पशुपालनमा केन्द्रित हुँदै दाङका किसान चोयाका पोशाक लगाउने भरीबहादुर भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन