१९ माघ २०७९, बिहीबार

Feb 2, 2023

बैशाख १३,

Advertisement

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका– ४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त गाउँमा पाँच किलोमिटर टाढाको टङ्कीमार्फत ८५ घरपरिवारलाई वितरण गरिँदै आएको पानी अचानक दूषित बनेका कारण गत आइतबारदेखि त्यहाँका स्थानीयमा झाडापखालाको लक्षण देखिएको थियो ।

स्थानीयवासीले उक्त पानी पिउँदै जान थालेपछि झाडापखालाले बिहीबार बेलुकीसम्म ९८ जना बिरामी परेकामा आज बिहानसम्म उक्त सङ्ख्या बढेर एक सय नाघेको स्थानीय जनप्रतिनिधि हरि छन्त्यालले जानकारी दिनुभएको छ । उक्त मुहानको पानी उमालेर खाँदा पनि मानिसमा बेहोस हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पखाला लाग्ने र ज्वरो आउने जस्ता समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले जानकारी दिनुभएको छ ।

बिरामी परेकामध्ये तीन जनाको गुल्मी अस्पताल तम्घास, एक जनाको बुटवलस्थित गौतमबुद्ध र अन्य केही व्यक्तिको सोही ठाउँमा सञ्चालन गरिएको अस्थायी स्वास्थ्य शिविरमा उपचार भइरहेको बताइएको छ । स्थानीयवासीले पानी उमालेर खाँदा पनि समस्या समाधान नभएपछि उक्त गाउँमा आजदेखि ट्याङ्करमा पानी बोकेर खानेपानी वितरण गर्न थालिएको छ । झाडापखालाको प्रकोप देखिएको उक्त ठाउँमा बिहीबार जिल्ला जनस्वास्थ्यको टोली पुगेर बिरामीको उपचार गरी स्थीति सामान्य बनेपछि सदरमुकाम फर्किसकेको छ । प्रकोप क्षेत्रमा दूषित पानी पिएका कारण स्थानीय पशुपति निम्न माध्यमिक विद्यालयका केही विद्यार्थीसमेत बिरामी परेका छन् । विद्यार्थी बिरामी परेपछि उक्त विद्यालय समेत बन्द गरिएको छ । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

एभरेष्ट बैंक र सिद्धार्थनगर सिटी अस्पताल बीच सम्झौता रास्वपाको २ दिने अल्टिमेटम, गृहमन्त्री नपाए सरकारबाट बाहिरिने आगजनी मुद्दामा पक्राउ परेका अरुणकुमारलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम रवि लामिछाने बारे! मिलीजुलीले तिनाउमा दियो सहकारी शिक्षा नेपाल प्रहरीमा ९५ जना एसपीको सरुवा रास्वपाले समर्थन फिर्ता लिँदैन, सत्ता समीकरण यथावत रहन्छ : प्रधानमन्त्री चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित दुई जना पक्राउ एक बालिका र युवतीलाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ रविलाई फेरि गृहमन्त्री बनाउनुपर्ने माग गर्दै जुम्लामा एक जनाले गरे आत्मदाह प्रयास सेयर बजार २२.१२ अंकले घट्याे बालविवाह राेक्न मर्चवारीमा बिमा कार्यक्रम सांसद अरुणकुमार चौधरी पक्राउ कालिन्चोक दर्शनको आईपीओ बाँडफाँट रारा आउने पर्यटक चालिस प्रतिशतले घटे रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान एकीकृत समाजवादीको बैठकमा घनश्याम भुसाल तिलोत्तमाको भूपु सैनिक आधारभुत विद्यालयमा चित्रकला प्रतियोगिता मेरो मौनता आजसम्मका लागि मात्रै हो, म अभिमन्यु होइन : रवि लामिछाने बलिउडको फ्लप कमब्याक