२४ माघ २०७९, मंगलवार

Feb 7, 2023

कर्णाली । वीरेन्द्रनगरमा सञ्चालित अधिकांश डेरी उद्योगले मापदण्ड पूरा नगरेको पाइएको छ ।जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त अनुगमनबाट १८ वटा डेरी उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको हो ।

वीरेन्द्रनगरको बजार क्षेत्रमा सञ्चालित २६ भन्दा बढी डेरी उद्योगमध्ये १८ वटा डेरीले दुग्ध पदार्थको स्वच्छतासम्बन्धी निर्देशिका पालना नगरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ । कार्यालय प्रमुख भेषबहादुर थापाले मापदण्ड पूरा नगर्ने उद्योगलाई खुला दुग्धजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको बताए । “डेरी उद्योगले खुलारूपमा दूध बिक्री वितरण गर्न पाउँदैनन्, अधिकांश उद्योगले प्लाष्टिकमा रबरले बाँधेर दूध बिक्री गर्ने गरेको पाइएको छ”, उनले भने, “पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि ती उद्योगले खुला दुग्धजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको हो ।” यसअघि डेरी व्यवसायीले मङ्सिर २५ गतेसम्म दुग्धजन्य पदार्थको स्वच्छतासम्बन्धी निर्देशिका पालना गर्ने प्रतिबद्धता जनाएका थिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले निर्देशिकाबमोजिम किसानदेखि डेरी व्यवसायीले पालना गर्नुपर्ने मापदण्डबारे सरोकारवालालाई तालिम अभिमुखीकरण दिँदै आएको छ । अनुगमनका क्रममा पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कार्यालय मापदण्ड पूरा नगर्ने उद्योगबाट खुला बिक्री वितरणमा रोक लगाउने निर्णयमा पुगेको हो । यसैबीच दर्ताबिनै सञ्चालनमा आएको एक बेकरी उद्योग पनि सिल गरिएको छ । कार्यालय प्रमुख थापाले वीरेन्द्रनगर–३ मा सञ्चालित पूजा बेकरी उद्योगले पटक–पटकको निर्देशका अवज्ञा गरेपछि सिल गर्नुपरेको जानकारी दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक संघको अध्यक्षमा डा. अनिलबिक्रम कार्की निर्वाचित लुम्बिनीमा मोरारी वापूको कथा वाचन विवाद साम्य, चार बुँदे सहमतीसँगै वाचन शुरु अभिनेत्री निता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको यस्ता तस्बिर बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि संयोजक र उप-समितिहरु गठन पूर्वसांसद कर्मा घलेको निधन ज्ञानगँगामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन मृत्युको आयु ! मणिमुकुन्द रनिङशिल्ड भलिबल : उद्घाटन खेलमा पर्वत र नवलपुर विजयी गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट सेयर बजार ७६.६४ अंकले बढ्याे बिदा घटाउने तयारीमा सरकार तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा विज्ञान प्रदर्शनी टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता