ताजा अपडेट »

किशोरीलाई खोप लगाउँदै क्यान्सर अस्पताल

बुधबार, ०८ पुस २०७७, ०८ : ३४
8 Shares

चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पाठेघरको मुखको क्यान्सरबाट बचाउन किशोरीलाई खोप लगाउने भएको छ । नेपाल सरकारको आफ्नै लगानीमा खोप किनेर लगाउन लागिएको यो पहिलो हो । अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमका अनुसार १२ वर्षदेखि १४ वर्षभित्रका ६ हजार किशोरीलाई खोप लगाइदैछ ।

एक जनालाई दुई डोज खोप लगाउनुपर्ने हुन्छ । रु पाँच करोडको खोप खरिदका लागि बोलपत्र आह्वान भई सम्झौता भई सकेको उनले जानकारी दिए । आउँदो चैतसम्ममा खोप लगाउने योजना छ । चितवनमा पालिकासँग सहकार्य गरेर खोप लगाइने गौतमको भनाइ छ । विदेशी दाताको सहयोगमा विभिन्न जिल्लाका किशोरीलाई खोप लगाइएको भए पनि सरकारले आफ्नै खर्चमा पहिलो पटक खोप लगाउन लागेको उनको भनाइ छ ।

यहाँको क्यान्सर अस्पतालको गत वर्षको तथ्याङ्कअनुसार कूल क्यान्सर भएका बिरामीमध्ये ११ दशमलब ५७ प्रतिशत महिला पाठेघरका रहेका छन् । महिला मात्रैको क्यान्सरको तथ्याङ्क हेर्दा यो २१ प्रतिशत हुन आउने गौतमको भनाइ छ । किशोरीलाई खोप दिन सकेमा क्यान्सरबाट रोक्न सकिने उनले बताए । दियालो बङ्गला पछाडि पशुबध नगर्न अनुरोध धार्मीक क्षेत्र देबघाट आसपासका विभिन्न स्थानमा पशुबध नगर्न अनुरोध गरिएको छ ।

देवघाट क्षेत्र विकास समितिले एक सूचना जारी गर्दै देवघाट क्षेत्रमा पशुबध नगर्न अनुरोध गरेको हो । समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले सार्वजनिक सूचना जारी गर्दै भरतपुर महानगरपालिका–१ दियालो बङ्गला क्षेत्रमा पशुबध गर्ने क्रम बढेकाले यस्तो नगर्न अनुरोध गरेका हुन् । सूचनामा भनिएको छ, “नारायणी नदी किनारमा कतिपय समुदायले परम्परागत रुपमा पुजा सञ्चालन गर्दै आइरहेको सो स्थानमा पशुवली दिने कार्य हुने गरेको भन्ने बुझिन आएको हुँदा समितिको ध्यान आकृष्ट भएको छ ।” क्षेत्र धार्मिक दृष्टिकोणबाट अति महत्वपूर्ण रहेकाले पशुबध गर्न उपयुक्त नहुने सूचनामा उल्लेख छ । वातावरणीय प्रदूषण बढ्न जाने भएकाले नदीको पवित्रता जोगाइ राख्न त्यस क्षेत्रमा पशुबध नगर्न समितिले अनुरोध गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।