ताजा अपडेट »

सिद्धबाबा भृकुटीको सरसफाई सामाग्री बितरण

मंगलबार, ०७ पुस २०७७, २० : ०२
4 Shares

बुटवल । लायन्स क्लब अफ बुटवल सिद्धबाबाले भृकुटी सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैजु वृद्धाश्रमलाई सरसफाइका सामान तथा डस्टबिन वितरण गरेको छ ।

मंगलबार एक कार्यक्रमका बीच लायन्स ३ सय २५ बि २ का पिडिजि एमजेएफ महेन्द्र नारायण श्रेष्ठ, क्लबका पुर्बअध्यक्ष तथा इभ्यालेसन टीमका राधिका भुसाल, पार्बती ज्ञवाली, सस्थापक अध्यक्ष कोपिला रसाइली, रिजन चेयरपर्सन सीता भट्टराई, पुर्ब अध्यक्ष अनामिका घिमिरे, आईपिपि लक्ष्मी अधिकारीले आश्रमका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठलाई क्लिनर, हार्पिक, साबुन, सर्फ, डेटोल, टिस्यु पेपर, लुगाधुने साबुन, फिनेल लगायत सामग्री हस्तान्तरण गरेका हुन ।

कोभिड १९ का बीच स्वस्थ्य सुरक्षा महत्वपुर्ण भएको भन्दै आश्रमलाई क्लबबाट थोरै भएपनि सहयोग गरिएको क्लबका अध्यक्ष तुल्सा न्यौपाने सिंहले बताइन । क्लबका सचिव सुमन पछाइ, संयोजक बिष्णु बोहराले कोभिड १९ का कारण वार्षिक कार्ययोजना अनुसार कार्यक्रम गर्न नसकिएको भएपनि समयसन्दर्भमा विविध रचनात्मक कामहरु गरिएको बताए । आश्रममा हाल ७ जना वृद्धवृद्घाहरु आश्रित छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।