ताजा अपडेट »

बुटवलमा प्रदेशमै पहिलो एटिएम सेन्टर सञ्चालन हुने

मंगलबार, ०७ पुस २०७७, १८ : १४
4 Shares

बुटवल । लुम्बिनी प्रदेशमै पहिलो पटक एकैथलोमा सबै बैंकहरुको एटिएम सेवा सञ्चालन हुने भएको छ । वुटवल मिलनचोक स्थित वुटवल सिटि सेन्टर भित्र यू.पि. लिङ्कस प्रा.लिले एटिएम सेन्टर (लाउन्ज) सञ्चालन गर्ने भएको हो ।

संघीय राजधानी काण्ठमाडौं र पोखरापछि उपत्यका वाहिर बुटवलमा यो सुविधा शुरु हुन लागेको प्रालिका सञ्चालक जागृत पहाडीले बताए । यो सेवाले उपभोक्ताहरुले बैंकिङ कारोबारका लागि अन्यत्र भौतारिनुपर्ने र बैंकको लामो लाईनमा बस्नुपर्ने समस्याबाट छुटकारा पाउने उनले बताए ।

१० वटा बैंकको एटिएम सेवा सिटि सेन्टरमा सञ्चालन गरिने पहाडीले बताए । उनले अहिले संरचना निर्माण भइरहेको बताउदै चैतसम्मा सेवा शुभारम्भ हुने बताए । बुटवल सिटि सेन्टर अत्याधुनिक रुपमा सञ्चालनमा आउदैछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।