ताजा अपडेट »

निष्पक्ष पत्रकारिता गर्नुहोस् : अध्यक्ष आचार्य

मंगलबार, ०७ पुस २०७७, १७ : ४५
2 Shares

चन्द्रौटा । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारले सत्यतथ्य र निष्पक्ष पत्रकारिता गर्न आग्रह गरेका छन । आज मंगलवार पत्रकार महासङ्घ कपिलवस्तु शाखाको वाणगङ्गामा निर्माण भएको भवनको उद्घाटन गर्दै अध्यक्ष आचार्यले सूचना जनतासम्म पुर्‍याउने दायित्व पत्रकारको रहेकाले विचल्लित नहुन आग्रह गरेका हुन ।

पत्रकारिता सधैँ जनताको पक्षमा रहने भएकाले जनताको आवाज बोल्न सबै पत्रकारलाई अध्यक्ष आचार्यले आग्रह गरे । अन्य जिल्लाको तुलनामा कपिलवस्तुमा मिडिया विकासदेखि भौतिक संरचना बढी रहेकाले कार्यसमितिलाई धन्यवाद दिए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य वसन्त गिरीले कोरोनाका कारण अर्थतन्त्रमा परेको असले पत्रकारको अवस्था जटिल बनिरहेको बताए। प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झपेन्द्र भुसालले पत्रकारलाई आचारसंहितको विषयमा जानकारी गराएका थिए ।

पछिल्लो समयमा सञ्चारमाध्यमले आचासंहिताविपरीत गरेका उजुरी बढेकाले पत्रकारले आफ्नो गरिमालाई ध्यानमा राख्न आग्रह गरेका छन । पत्रकार महासङ्घ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले कपिलवस्तुका तीन स्थानमा पत्रकार महासङ्घको भवन निर्माण भएको बताए । भवन निर्माण पछि पत्रकारका गतिविधि गर्न सहज हुने विश्वास व्यक्त गरेका छन।

रासस
लेखकको बारेमा
रासस