ताजा अपडेट »

ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड-माधव पक्षको निर्णय

मंगलबार, ०७ पुस २०७७, १७ : ४२
6 Shares

काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।

मंगलबार काठमाडौं बबरमहलको कार्की ब्याङ्केटमा बसेको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । उक्त बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१० भन्दा बढी सदस्य सहभागी थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।