२० माघ २०७९, शुक्रबार

Feb 3, 2023

बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा चालू आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालित विभिन्न आयोजनाहरूको प्रथम चौमासिक समीक्षा भएको छ । शहरी पूर्वाधार विकास, पशुपंक्षी विकास, कृषितर्फका धेरै योजनाहरूमा उलेख्य उपलब्धी हाँसिल गरेको उपमहानगरको दाबी छ ।

Advertisement

उपमहानगरले आन्तरिक आयतर्फको लक्ष्य प्रथम चौमासिकसम्म ७५ प्रतिशतसम्म हाँसिल गरेको बताएको छ । चालू आवमा क्रमागत भई आएका शहरी पूर्वाधार विकासका आयोजना हालसम्म ८४ वटा सम्पन्न भएका छन् । आव २०७७/०७८ मा दुई सय ८९ वटा आएका थिए । विकास योजनालाई प्राथामिकता दिएर अगाडि बढेको उपमहानगरपालि यस वर्ष २५ वटा नयाँ योजना अगाडि बढाएको थियो । उपमहानगरमा चालूतर्फ सञ्चालित दुई वटा आयोजना पनि सम्पन्न भइसकेका जानकारी गराइएको छ ।

उपमहानगरकी उपप्रमुख गुमादेवी आचार्यले चालू आवको प्रथम चौमासिकसम्म ८४ योजना सम्पन्न भएको जानकारी गराइन । आचार्यले कोरोना महामारी नियन्त्रणका लागि उपमहानगरका काममा निजी क्षेत्र तथा संघसंस्थाले महत्वपूर्ण सहकार्य गरेको भन्दै प्रशंसा समेत गरिन् ।

किसानलाई प्रोत्साहनदेखि बीउ वितरणसम्म
उपमहानगरले पशुपंक्षीतर्फ पशु आहारा सेवा कार्यरक्रममा हिउँदे जौं सात सय केजी तथा वार्षिक एक हजार केजी, घासको बीउ दुई सय ४१ जना कृषकलाई बितरण गरेएको छ । प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले आन्तरिक आयतर्फ प्रथम चौमासिकसम्म ७५.०२ प्रतिशत लक्ष्य हाँसिल भएको जानकारी दिए । ‘वार्षिक अनुमानतर्फ ४७ करोड १ लाख रुपैयाँ आम्दामी हुने लक्ष्य थियो ।’–शर्माले भने, ‘हामीले नदीजन्य पद्धार्थ समयमै ठेक्का पटटा लगाउन सकेमा अन्तरिक आयतर्फ लक्ष्य समयमै हाँसिल गर्छ ।’

नगरसभा एवं नगर कार्यपालिकाबाट हालसम्म १६ वटा ऐन, ९ वटा नियमावली र ६ वटा निर्देशिका र ३२ वटा कार्यविधि ४ वटा राजपत्रमा प्रकाशित गरी प्रकासन समेत गरिसकेको छ । नगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले स्वास्थ्य संस्था दर्ता अनुमति तथा नविकरण मापदण्डसम्बन्धी निर्देशिका-२०७७ जारी गरिएको बताए ।

महामारी नियन्त्रणमा प्रभावकारी काम
बुटवलले सञ्चालन गरेका दुई वटा आइसोलेसन सेन्टरबाट करिब चार सय जना कोरोना संक्रमित आइसोलेट भई निको भएर घर फर्किसकेका छन् । बुटवल उपमहानगरपालिकामा हालसम्म करिब चार हजार जना संक्रमित र तीन हजार दुई सय ५८ जना निको भई घर फर्किसकेका छन् । हालसम्म एकसय ६३ जना अझै एक्टिव केस रहेका छन् । त्यस्तै एक हजार सात सय ३१ जना दीर्घरोगी र तीन सय ८१ जना जेष्ठ नागरिकको निःशुल्क पिसिआर जाँच पनि गरिएको छ । उनीहरुलाई घरघरमै पुगेर औषधिसमेत वितरण गरिएको छ ।

बुटवलमा कोरोना संक्रमणबाट ४८ जनाको मृत्यु भएको छे । कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका विरामीलाई आयुर्वेद र एलोपेथिक औषधि सहित स्वास्थ्य लाभको कार्ड सहित ८५६ जनालाई वितरण गरिएको उपमहानगरका सूचना अधिकारी मित्रमणी खनालले जानकारी गराए ।

स्थानीय पाठ्यक्रमका पुस्तकबाट पठन पाठन
स्थानीय पाठ्यक्रमका पुस्तकबाट पठन पाठन गराएको छ । बुटवलले एक सय पूर्णाककको स्थानीय पाठयपुस्तक ‘हाम्रो बुटवल’ चालू शैक्षिक सत्रदेखि कक्षा १ देखि ५ सम्म पठनपाठन सुरु भएको छ । ‘फेस टु फेस मेड’ बाट विद्यालय सञ्चालन गर्न नगरपालिकाबाट विद्यालय परिसरलाई निर्मलीकरण गरिएको छ । विद्यालयहरुमा थर्मल थन तथा स्प्रे मेसिन उपलब्ध गराउने प्रक्रिया थालिएको शर्माले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा हुने राम कथा ३ दिन पछि सर्यो : माघ २४ देखि प्रवचन, २१ गतेदेखि नै भण्डारा विरगाथाका सदस्यलाई सहकारी शिक्षा शहकारी सञ्चालकको मनपरीले बचतकर्ताको रकम जोखिममा वाट्सएपमा ‘नेपाली केटी’ एपको प्रयोग गरी लाखौ रकम ठगी गर्ने ८ जना पक्राउ माधव नेपाललाई भेट्न नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री लुम्बिनीबाट कुशिनगरसम्म बौद्धपरिपथ साईकल यात्रा शुरु बढ्दैछन् लागूऔषध दुर्व्यसनी शनिबार रुपन्देहीको तिलोत्तमामा रोटरीका सदस्य बीच ब्याडमिन्टन नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता गण्डकी प्रदेशसभाबाट दुईवटा अध्यादेश पारित पठान सफल हुँदा आमिर खान विस्थापित ! बैंकको चर्को ब्याजले बिस्थापित हुने अवस्थामा पुगेको ईट्टा व्यवसायीको चिन्ता कपिलवस्तुमा २१ लाखसहित तीन जना पक्राउ गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस, सिभिल अस्पतालमा भर्ना सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वाेच्चको आदेश हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विरोधमा सामाजिक सञ्जालमा