ताजा अपडेट »

थप ७ सय २२ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

मंगलबार, ०७ पुस २०७७, १६ : ५५
2 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय २२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४५ हजार ७०९ स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७९८ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ७ हजार ७२९ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।