ताजा अपडेट »

बामदेव र बादलबीच भेटवार्ता

मंगलबार, ०७ पुस २०७७, १५ : २२
10 Shares

काठमाडौँ । सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ । मंगलबार दिउँसो गृहमन्त्री बादल गौतमलाई भेट्न भैँसेपाटीस्थित निवासमा पुगेको स्रोतले बताएको छ । फुटको अन्तिम संघारमा पुगेको नेकपाको कुनै पनि गुटगत भेलामा नगएका गौतम र बादलबीचको भेटवार्तालाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

भेटमा उनीहरुबीच पार्टीभित्रको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल भैरहेको बताइएको छ । हिजो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको बेग्लाबेग्लै भेलामा नगएका उनीहरु आज पनि दुवै पक्षकाे केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका छैनन् । उनीहरुलाई दुवै पक्षले आफ्नो पक्षमा आउन पटक पटक आग्रह गरिसकेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।