२० माघ २०७९, शुक्रबार

Feb 3, 2023

वीरगञ्ज । नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले आचरण विपरीत काम गर्न थालेपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता वाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीले उनीहरुलाई फिर्ता बोलाएको छ ।

Advertisement

प्रदेश नं २ को आठ जिल्लामा ६२ जना सशस्त्रका घुमुवालाई सीमा क्षेत्रको निगरानी तथा तस्करी नियन्त्रणका लागि खटाइएकामा उनीहरुलाई तस्करहरुसँग मिलेर आचरण विपरीत काम गरेपछि उनीहरुलाई कारबाहीस्वरुप महोत्तरीको बर्दिवासस्थित मुख्यालयमा तानिएको छ ।

प्रदेश नं २ को आठै जिल्लाका घुमुवाले प्रहरी आचरण विपरीत काम गरिरहेकाले उनीहरुलाई मुख्यालयमा तानिएको स्वीकार्दै प्रदेश नं २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले राससलाई भने, “ती घुमुवाहरुलाई तानेर उनीहरुलाई भीड नियन्त्रण कसरी गर्ने, आन्दोलनमा ढुङ्गामुढा भएपछि कसरी नियन्त्रण गर्ने जस्ता ‘रिय रेस’ भन्ने तालीम दिने गरेको छ ।”

ती घुमुवाले सीमानाकाबाट महिनावारी रकम लिएर तस्करी गराउने गरेको सूचनाका आधारमा उनीहरुलाई कारबाहीस्वरुप प्रदेश प्रहरी कार्यालयमा तानिएको भन्दै प्रहरी नायब महानिरीक्षक गौतमले आफू प्रहरी नायब महानिरीक्षक भएर प्रदेश २ मा आएपछि घुमुवाले तस्करसँगको मिलेमतोमा तस्करी गराइरहेको उजुरी आइपुगेकाले कारबाहीस्वरुप उनीहरुलाई प्रदेश मुख्यालयमा तानिएको बताए ।

यसैबीच सरुवा भएर प्रदेश नं २ मा आएका प्रहरी नायब महानिरीक्षक गौतमले सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप चोरी तस्करी नियन्त्रण गर्न तथा अपराध गरेर लुकेका अपराधीबारे सूचना दिन भारतीय समकक्षीहरुसँग समन्वय गरेको, सशस्त्र प्रहरीको पोष्टमा आफैँ गस्ती गर्ने, दिनरात पेट्रोलियम गस्ती बढाइएको तथा आचरण विपरीत काम गर्ने घुमुवा तथा सशस्त्र प्रहरीलाई निरुत्साहित गर्ने काम भइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा हुने राम कथा ३ दिन पछि सर्यो : माघ २४ देखि प्रवचन, २१ गतेदेखि नै भण्डारा विरगाथाका सदस्यलाई सहकारी शिक्षा शहकारी सञ्चालकको मनपरीले बचतकर्ताको रकम जोखिममा वाट्सएपमा ‘नेपाली केटी’ एपको प्रयोग गरी लाखौ रकम ठगी गर्ने ८ जना पक्राउ माधव नेपाललाई भेट्न नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री लुम्बिनीबाट कुशिनगरसम्म बौद्धपरिपथ साईकल यात्रा शुरु बढ्दैछन् लागूऔषध दुर्व्यसनी शनिबार रुपन्देहीको तिलोत्तमामा रोटरीका सदस्य बीच ब्याडमिन्टन नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता गण्डकी प्रदेशसभाबाट दुईवटा अध्यादेश पारित पठान सफल हुँदा आमिर खान विस्थापित ! बैंकको चर्को ब्याजले बिस्थापित हुने अवस्थामा पुगेको ईट्टा व्यवसायीको चिन्ता कपिलवस्तुमा २१ लाखसहित तीन जना पक्राउ गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस, सिभिल अस्पतालमा भर्ना सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वाेच्चको आदेश हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विरोधमा सामाजिक सञ्जालमा