ताजा अपडेट »

पत्रकारद्वय परियार र देवकोटा सम्मानित

मंगलबार, ०७ पुस २०७७, १४ : ५८

बुटवल । रुपन्देहीका पत्रकार विनोद परियार र झविन्द्र देवकोटालाई बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयले सम्मान गरेको छ । विद्यालयको ६० औं वार्षिकोत्सवका अवसरमा परियारलाई भिमबहादुर श्रेष्ठ, फुलमाया श्रेष्ठ अध्यकोषद्वारा तथा देवकोटालाई स्व. अरुण पौडेल स्मृती अक्षकोषद्वारा सम्मानित गरिएको हो ।

विद्यालयको शैक्षिक गतिविधि लगायतका शैक्षिक क्षेत्रमा कलम चलाएको भन्दै विद्यालयले दुबै जनालाई समान ८ नगद राशीको पुरस्कारले सोमबार सम्मान गरिएको हो । अक्षकोषका संरक्षक श्याम पौडेलले पत्रकार देवकोटालाई पुरस्कार राशी हस्तान्तरण गरेका थिए भने परियारलाई विद्यालयका अध्यक्ष होमबहादुर गलामीले सम्मान सहित पुरस्कार राशी प्रदान गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।