ताजा अपडेट »

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी

मंगलबार, ०७ पुस २०७७, १४ : ४८
6 Shares

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ ।मंगलबार दिउँसो २ बजेबाट पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध रणनीति तय गर्ने स्रोतले बताएको छ ।

सोमबार साँझ सानेपामा बसेको सर्वदलीय बैठकले पनि ओलीका कदमविरुद्ध आआफ्नो केन्द्रीय समिति बैठकबाट पार्टीगत दृष्टिकोण बनाउने निर्णय गरेका थिए । बैठकमा कांग्रेसलगायत नेकपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।