१६ माघ २०७९, सोमबार

Jan 30, 2023

विदेशको कमाइ कुम्ल्याएर श्रीमान् बेपत्ता भएको भन्दै बागलुङकी एक महिलाले श्रीमानको खोजी गरिदिन आग्रह गरेकी छन्। बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेराकी सरिता सुवेदी पौडेलले पति प्रेम पौडेलको खोजी गरिदिन सरोकारवालाहरु आग्रह गरेकी हुन्। जापानमा आफूसहित भएर कमाएको ७१ लाख रुपैयाँ लिएर पति बेपत्ता भएको सरिताको भनाई छ।

Advertisement

उनले पतिको खोजी गरिदिन माग गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङ र आप्रवासी स्रोत केन्द्र बागलुङमा आग्रह गरेकी छन्। उनी तीन वर्ष पहिले पतिसँग ‘डिपेन्डेण्ट’ ९आश्रित० भिसामा जापान गएकी थिइन्। दुई वर्षसम्म कमाएको ७१ लाख नगद लिएर श्रीमान् फरार भएको भन्दै उनले प्रहरीमा निवेदन दिएकी छन्। विसं २०७१ मा विद्यार्थी भिसामा जापान पुगेका प्रेमले तीन वर्ष पहिला सरीतालाई डिपेन्डेण्ट भिसामा जापान लगेका थिए।

बागलुङ नगरपालिका–१४ नारायणस्थान माइतीघर भएकी सरीता र प्रेमबीच विसं २०६७ मा परम्परागत विवाह भएको थियो। ‘जापान पुगेपछि दुई वर्षको भिसा लगाइदिनुभयो, काम पनि थालेँ, तर कमाइ मैले राख्न पाइनँ’, उनले भनिन्, ‘कुटपिट गरेर सबै पैसा लगेपछि म शरणार्थी बन्नुपर्यो।’ उनले जापान पुगेदेखि नै सम्बन्ध राम्रो नभएको बताइन्। आफूले सम्बन्ध सुधार गर्न खोजे पनि श्रीमान् फरार भएपछि सम्भव नभएको उनको भनाई छ। लामो समयसम्म सम्बन्धमा दरार आएपछि उनीहरु एनआरएनए जापान र बलेवा सेवा समाजको पहलमा नजिकिएका थिए। भिसा सकिएपछि डिपेन्डेण्टमा जापान पुगेकालाई सहमति आवश्यक पर्छ।

श्रीमानले सहमति नदिएपछि एक वर्षसम्म शरणार्थीका रूपमा आफन्तकोमा बस्नुपरेको सुवेदीको भनाई छ। ‘पछि छलफल भएर सँगै नेपाल फर्किने, सँगै बस्ने र फर्किँदा भिसाको प्रक्रिया गर्ने भनेपछि नेपाल आयौँ। नेपाल आएपछि काठमाडौँमा दुई दिन र बागलुङमा १२ दिन क्वारेन्टिइन बसेर उहाँ फरार हुनुभयो,’ उनले भनिन्, ‘होटलमा क्वारेन्टिनका फरक–फरक कोठा थिए, मङ्सिरको २३ गतेदेखि सम्पर्क छैन।’ उनीहरु १३ मंसिरमा नेपाल आएका हुन्। सँगै आएका श्रीमान् र कमाएको पैसासमेत नरहेकाले आफू बेसहारा भएको सरिताले बताइन्।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु