ताजा अपडेट »

ओली समूहले केन्द्रीय कमिटी ‘विस्तार’ गरेको पत्र निर्वाचन आयोगमा

मंगलबार, ०७ पुस २०७७, १४ : २९
4 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले थप ५ सय ५६ सदस्य केन्द्रीय कमिटी विस्तार गरेको छ । ओलीले ११ सय ९९ जनाको केन्द्रीय कमिटी घोषणा गरेका छन् ।

नेकपाको केन्द्रीय कमिटीमा ४४६ जना सदस्य छन् । यसमा थप ५ सय ५६ सहित ११ सय ९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाएको छ । विस्तार गरेको केन्द्रीय कमिटीको पत्र निर्वाचन आयोगमा पुर्याएको हो ।

यस्तै, २ मंसिर २०७८ मा महाधिवेशन गर्ने र पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ता तोक्ने निर्णय गरेको ओली समूहले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।