ताजा अपडेट »

कोष तथा अनुदान व्यवस्थापन सम्बन्धि तीन दिवसीय तालिम सम्पन्न

मंगलबार, ०७ पुस २०७७, १४ : ४४
6 Shares

बुटवल । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र, भक्तपुरको आयोजना र परिवर्तनका लागि कार्यरत महिला समूह (वाच) काठमाडौंको सहजीकरणमा कोष तथा अनुदान व्यवस्थापन सम्बन्धी तीन दिवसीय भर्चुअल तालिम मंगलवार सकिएको छ ।

तालिममा संस्थाका वर्तमान अवस्था, संस्थाको विकास प्रक्रिया, सुशासन, संस्थाको दीगो सञ्चालन र व्यवस्थापन, कोषको विकास र अनुदानका निम्ति गर्न सकिने प्रयास एवम् व्यवस्थापनका निम्ति संस्थाहरुको दायित्व/भूमिका विषयमा वाचका कार्यकारी निर्देशक डाक्टर नारायणकाजी श्रेष्ठले सहजीकरण गरेका थिए । संस्थाहरु आफ्नै खुट्टामा उभिनका लागि बलियो कोषको खाँचो पर्ने भएकाले आन्तरिक एवम् बाह्य कोषको व्यवस्थापनका निम्ति संस्थाहरु गतिशील हुनु पर्नेमा उनले जोड दिए । संस्थालाई अनुदान लिनका निम्ति वर्तमानमा कठिन कार्य भएको र त्यसका निम्ति निरन्तर प्रविधिको प्रयोग र पहुँचमा रहनु सहजकर्ता डाक्टर श्रेष्ठले बताए ।

कार्यक्रममा २५ जिल्लाका संस्थाहरुबाट ५० बढी संख्यामा सामाजिक अभियन्ताहरुले सार्थक सहभागिता जनाएका थिए । कार्यक्रम समापनका क्रममा आयोजक संस्थाका कार्यकारी निर्देशक चुपबहादुर थापाले सहजकर्ता डाक्टर श्रेष्ठलाई विशेष धन्यवाद दिदैं सहभागीहरुलाई सिकेका ज्ञानहरुलाई व्यवहारमा प्रयोग गर्न अनुरोध समेत गरेका छन् ।

नयाँ प्रविधि भर्चुअल माध्यमको सञ्चालन र व्यवस्थापनमा वाचकी उपनिर्देशक मनीषा क्षेत्री र आयोजक संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत दीपकराज भट्टले मद्दत पुराएका थिए । कार्यक्रमका सहभागीहरुले भर्चुअलमाध्यमबाट सहज तरिकाले तालिम लिन पाएकोमा खुसी व्यक्त गरेका छन् । संस्थामा कार्यरत सामाजिक अभियन्ताहरुका निम्ति उक्त तालिम अतिनै फलदायी रहेको आयोजक संस्थाले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।