२१ माघ २०७९, शनिबार

Feb 4, 2023

काठमाण्डौं । देशभित्र कूल रु १५ खर्ब छ अर्ब छ करोड बराबरको विदेशी विनिमय सञ्चिति रहेको छ । गत असार मसान्तमा रु १४ खर्ब एक अर्ब ८४ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति ७.४ प्रतिशतले वृद्धि भई गत कात्तिक मसान्तमा रु १५ खर्ब माथि पुगेको छ ।

Advertisement

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकामा गत कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई १२ अर्ब ६५ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालू आवको चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५.४ महिनाको वस्तु आयात र १४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १२ खर्ब २६ अर्ब १२ करोड रहेकामा गत कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई रु १३ खर्ब ३२ अर्ब ६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब ७५ अर्ब ७१ करोड रहेकामा गत कात्तिक मसान्तमा एक प्रतिशतले कमी आई रु एक खर्ब ७३ अर्ब ९९ करोड कायम भएको छ । गत कात्तिक मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको विवरणमा उल्लेख छ ।

यस्तै समीक्षा अवधिमा चालू खाता रु २० अर्ब ४६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु ३४ अर्ब १२ करोडले घाटामा रहेको थियो । समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ९.३ प्रतिशतले कमी आई रु चार अर्ब १५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३.९ प्रतिशतले कमी आई रु तीन अर्ब ७५ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु चार अर्ब ५७ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु चार अर्ब ९२ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब १० अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु २७ अर्ब २९ करोडले बचतमा थियो ।

त्यस्तै वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.७६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ५.७३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७५ प्रतिशत रहेको छ ।

बैंकका अनुसार २०७६ कात्तिकको तुलनामा २०७७ कात्तिकमा तरकारी उपसमूहको मूल्यवृद्धि २०.८८ प्रतिशत र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि १३.७० प्रतिशत रहेको छ । यसैगरी काठमाडौँ उपत्यका ३.३९, तराई ४.६९, पहाड ३.६४ र हिमालमा ४.३२ प्रतिशत मुद्रास्फीति रहेको छ । बैंकका अनुसार २०७६ कात्तिकमा यी क्षेत्रहरुमा क्रमशः ६.५०, ६.०४, ४.५६ र ४.०१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

संघीयताको मर्म अनुसार काम गर्छु: मुख्यमन्त्री गिरी गुल्मी जिल्ला समाज युकेद्वारा अपाङ्ग असहायहरुलाई सहयोग बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा अर्थमन्त्री पौडेललाई नगर प्रमुख यादवको ध्यानाकर्षण, रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयनमा ल्याउने प्रतिवद्धता सामुदायिक विद्यालयमा विद्यार्थी उपस्थिती बढाउन प्रति विद्यार्थी दैनिक दश रुपैयाँ रास्वपालाई गृह मन्त्रालय दिने नदिने वारेमा माओवादीले निर्णय लिदैँ गठबन्धनमा समस्या पछि बिपक्षी दल बोल्न थाले, माधव नेपालले प्रचण्ड सरकारको भविश्यमा प्रश्न उठाए राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिन्छः प्रधानमन्त्री बिपक्षी दलवाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन, बैठक भोली पनि बस्ने जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछः स्वास्थ्य मन्त्री पाल्पामा सडक दुर्घटनामा परी आमा छोराको मृत्यु राष्ट्रियसभा उपाध्यक्ष चयनः बिपक्षी दलको बैठकवाट माधव नेपाल निस्किए प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता, उच्चस्तरीय संयन्त्रको बैठक अझै अनिर्णित लहिया, आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने अर्थमन्त्री पौडेलको भनाई किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण एक दिन एउटा प्रकाशसँग अर्को दिन अर्को प्रकाशसँग विवाह भएपछि… वडाले जग्गा लिजमा लिएर किसानलाई दिने लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइँदै रुपन्देहीमा पूर्वाधार निर्माणसँगै दुर्घटना पनि बढ्यो, तिलोत्तमा सडकमा बढी दुर्घटना पटक-पटक स्थगित दुँदै आएको माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजे बस्दै