ताजा अपडेट »

शान्ति समाज रुपन्देहीद्वारा दीप प्रज्वलन

विहीबार, १२ बैशाख २०७६, २२ : ३४
4 Shares

वैशाख १२,
बुटवल । लोकतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रूपन्देहीले बुटवलको राजमार्ग चौराहामा दीप प्रज्वलन गरेको छ । ‘मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसा सहितको मुलुक बनाऔं’भन्ने नाराका साथ समाजले राजमार्गमा दीप प्रज्वलन गरेको हो ।

सो अवसरमा बोल्दैै मानव अधिकार तथा शान्ति समाज रूपन्देही सभापति डि.पि. खनालले बहुमतको शासन र अल्पमतको कदर नै लोकतन्त्रको सुन्दर पक्ष भएको बताए । दीप प्रज्वलनमा लोकतन्त्रका निम्ति साहदत प्राप्त सम्पूूर्ण ज्ञात–अज्ञात सहिद, आन्दोलनका योद्धाहरुप्रति सम्मान सहित मौन धारण गरिएको थियो ।कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य कृष्ण पङ्गेनीले लोकतन्त्रको संरक्षणका लागि सबै नागरिक सचेत हुनुपर्ने बताए ।

सो अवसरमा पुर्व सांसद तथा मानव अधिकारकर्मी बिनोद पहाडी, राष्ट्रिय मानवअधिकार आयोग प्रदेश न ५ का प्रमुख पवन कुमार भट्ट, उच्च अदालत बुटवल बार अध्यक्ष खडानन्द भण्डारी,नेबिसंघ केन्द्रिय नेतृ जमुना ढकाल,रिपोर्टर्स क्लव नेपाल प्रदेश न.५ कार्यालयका प्रमुख रामकुमार क्षेत्री, ,इन्सेक प्रतिनिधि रिमा बि.सि. ,पर्यटन पत्रकार महासंघ प्रदेश न.५ महासचिव कपिल ज्ञवाली,सहिद परिवार रुपन्देहीकी संंयोजक रिता सेन वली लगाएतले बोलेका थिए । कार्यक्रम धन कुमारी खनालको स्वागत,तथा जिल्ला सचिव अर्जुन ज्ञवालीको सन्चालनमा भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।