ताजा अपडेट »

महिला उद्यमीलाई प्रोत्साहन गर्न उपप्रमुख उद्यमहरुमा

सोमबार, ०६ पुस २०७७, २० : ४६
6 Shares

बुटवल । महिला उद्यमीहरुले सञ्चालन गरेका उद्यमहरुलाई प्रोत्साहन र पृष्ठपोषण दिनका निम्ति बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्य बुटवल वडा नं. १३ मा रहेका उद्यमहरुमा सोमवार पुगेकी छन् ।

सीता खनालसहित चारजना महिला दिदीबहिनीहरुले सञ्चालन गरेको पुष्प तथा तरकारी खेती,जमुना सुवेदी पोखरेल लगायत आठजनाद्वारा सञ्चालित भिजन कन्ये च्याउ पकेट कार्यक्रम र उनै सुवेदीद्वारा सञ्चालित शौर्य गार्मेन्टमा पुगेर सञ्चालकहरुले गरेको उद्यम,उनीहरुको प्रगतिमा आवश्यक प्रोत्साहन र पृष्ठपोषण प्रदान गर्दै उपप्रमुख गोमादेवी आचार्यले महिलाहरु आफ्नै खुट्टामा उद्यम गरेर उभिन सक्षम भइसकेको बताइन् ।

साथै उनले अवसर र आवश्यकताले नै महिलाहरु उद्यमी बन्न सक्ने र त्यसका लागि आवश्यक आर्थिक एवम् नैतिक सहयोग गर्न आफू तयार रहेको समेत बताइन् ।उत्पादनलाई बजारीकरण गर्न,प्रविधिमैत्री हुन र आम्दानीमुखी कार्यक्रमहरुसँग जोड्न महिला उद्यमीहरुसँग उपप्रमुख महिला उद्यमशीलता विकास समिति तयार रहेको बताइन् ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि सरस्वती नेपाली,सामाजिक उद्यमी दलबहादुर गुरुङ,बुटवल उपमहानगरपालिकाका कर्मचारी रामप्रसाद पन्थी लगायले महिलाहरुले सञ्चालन गरेका उद्यमहरु हेरी सकेपछि उनीहरुलाई थप सफलताका निम्ति शुभकामना व्यक्त गरेका छन् ।

https://www.globalaawaj.com/archives/69875
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।