ताजा अपडेट »

मायादेवीको बेथरीमा आधारभूत स्वास्थ्य केन्द्र

सोमबार, ०६ पुस २०७७, २० : ३६
30 Shares

बुटवल । रुपन्देही जिल्लाको सदरमुकाम भैरहवाबाट नजिकै रहेर पनि विकट मानिएको मायादेवी गाउँपालिकाको वडा नं. ६ बेथरीमा सोमवार आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्दै विघटित प्रतिनिधि सभाका सदस्य प्रमोद यादवले भने –जनताको आधारभूत आवश्यकता अन्तर्गत पर्ने स्वास्थ्य सेवालाई जनस्तरमा पुराउनका निम्ति नेपाल सरकारले खेलेको भूमिका उल्लेख्ख रहेको बताउँदै जबसम्म जनताहरु स्वास्थ्य रहँदैनन् तबसम्म देश स्वस्थ्य रहन नसक्ने बताए ।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका सदस्य माननीय बसीउद्दिन खाँले जनतलाई घरदैलोमा नै स्वास्थ्य सेवा दिनका निम्ति गरिएको प्रयास उत्तम रहेको बताए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरी,उपाध्यक्ष मायादेवी यादव,समाजसेवीहरु देवमणि पाण्डे,मोहनलाल यादव,श्रीराम यादव र गाउँपालिकाका प्रमुख प्रशासकीय प्रमुख ऋषिराम पन्थीले मायादेवी गाउँपालिकामा कोही पनि स्वास्थ्य सेवाबाट बञ्चित रहने छैनन् ।

गाउँपालिकामा रहेका चारवटा स्वास्थ्य चौकी,चारवटा आधारभूत स्वास्थ्य केन्द्र,एउटा वर्थिङ्ग सेन्टर,दुईवटा ल्याव,एउटा एम्बुलेन्स सेवा,८३ जना महिला स्वास्थ्य स्वयमसेविका र ३४ जना पालिकाभित्र कार्यरत स्वास्थ्य कर्मचारीहरु स्थानीय जनताहरुलाई स्वास्थ्य सेवा दिन कटिवद्ध रहेको वक्ताहरुले जानकारी गराएका थिए । कार्यक्रमको अध्यक्षता सोही वडाका वडाध्यक्ष राजेन्द्र यादव,स्वागत सेवा केन्द्रका प्रमुख रुद्रबहादुर रोकाहा र सञ्चालन स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।