ताजा अपडेट »

जसपाले पुस ८ गते देशभर प्रर्दशन गर्ने

सोमबार, ०६ पुस २०७७, १६ : ३१
4 Shares

बुटवल । जनता समाजवादी पार्टी( जसपा) ले पुस ८ गते देशभरका सदरमुकामहरुमा विरोध प्रर्दशन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधानिक/ अलोकतान्त्रिक/प्रतिगमनकारी हर्कतका विरूद्ध पुस ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने केन्द्रीय कार्यकारिणी समिति बैठकले निर्णय गरेको जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए ।

उनले सामाजिक सञ्जाल टेवीटरमा भनेका छन् ‘जनता समाजवादी पार्टीले प्रम ओलीको संसद विघटन गर्ने असंवैधानिक/अलोकतान्त्रिक/प्रतिगमनकारी हर्कतका विरूद्ध पौष ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। थप संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न पौष ७ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोळाइएको छ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।