ताजा अपडेट »

संविधानको रक्षार्थ सङ्घर्ष गर्न डिएलएको आह्वान

सोमबार, ०६ पुस २०७७, १३ : ३८

काठमाडौं । नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) ले राजनीतिक स्थायित्व र देशको समृद्धिका पक्षमा जाहेर भएको प्रबल जनमत विपरीत जनप्रतिनिधिमूलक संस्था प्रतिनिधिसभा विघटन गरिएको सिफारिस र निर्णयको विरोध गरेको छ ।

डिएलएका महासचिव लक्ष्मी दाहालले आज विज्ञप्तिमार्फत प्रतिनिधिसभा विघटन संविधान सम्मत नभएको तर्क गर्दै देश र जनता कोरोना कहरले थिलथिलो भएको समयमा सरकारले देशलाई अनावश्यक भार पर्ने गरी मध्यावधि निर्वाचनमा धकेल्ने कार्य गरेको आरोप लगाएका छन् ।

उनले संविधानको रक्षार्थ ठोस सङ्घर्ष गर्न एकताबद्ध र परिणाममुखी पहल र प्रयासका लागि सम्बन्धित सबैमा आह्वान पनि गरेका छन् ।

रासस
लेखकको बारेमा
रासस