ताजा अपडेट »

प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएका अधिकारकर्मीहरु पक्राउ

सोमबार, ०६ पुस २०७७, १३ : १४
2 Shares

काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध सडकमा उत्रिएका अधिकारकर्मी र एवं नागरिक अगुवाहरूलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान प्रदर्शनको लागि सिंहदरबार पुगेका मानवअधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनी, कृष्ण पहाडी नेतृत्वको टोलीलाई प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा समाजका सभापति पुडासैनी, पहाडी, संस्थापक सदस्य कृष्ण कँडेल, पूर्व महासचिव कुमारराज सुवेदी, सचिव बलबहादुर गाहा मगर, काठमाडौ शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणि बञ्जारा, अधिकारकर्मीहरु अमृतजंग महत, ईश्वर पुडासैनी, माया भट्टराई, महेश आचार्य, बच्चुराम शर्मा, विकास थापा, किरण ढकाल, चिरञ्जीवी खड्का, तुलसीराम भण्डारीलगायत रहेका छन् । हाल उनीहरूलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुर्‍याइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।