१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वका विरुद्ध एकताबद्ध भएर उभिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन । उनले पार्टी एकताबद्ध रहेको र कसैको पार्टी विरोधी गतिविधिले एकतालाई कुनै तात्विक असर नपर्ने स्पष्ट गरे ।

Advertisement

अध्यक्ष दाहालले आज विज्ञप्ति प्रकाशन गरी नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण सङ्घर्षको परिणामस्वरुप प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार भएको बताउँदै एकाधको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र एकतालाई भत्काउन नसक्ने ठोकुवा गरे ।

उनले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आमजनसमुदायलाई आग्रह गर्दै भनेका छन, ‘राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकताबद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यस प्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपिल गर्दछु ।’

अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधिसभा विघटनको सिफारिशको पार्टी स्थायी कमिटीको बैठकले विरोध गरिसकेको समेत उल्लेख गरे । नेकपा स्थायी कमिटीको आइतबार बसेको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको समेत अध्यक्ष दाहालले स्मरण गराए ।

प्रतिकृया दिनुहोस्

Flash News

नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटना : नैनसिंह महर बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय घरमा क्षति माया खोला हाइड्रोपावरकाे आईपीओ खुला श्रीधर र शान्तिको ‘कपालै कोरीमा’ सार्वजनिक एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य तिलोत्तमामा वासेबल प्याड बनाउने तालिम गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु, आज नै निर्णय आउने सम्भावना सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी लोकदोहोरी गायक भीम पौडेलको निधन जापानी मेयरलाई चिन्डो उपहार ग्याङ्स अफ वासेपुरलाई किन बिर्सन चाहन्छन् अनुराग अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला आजकाे हरियो तरकारी र फलफूलको मूल्य राष्ट्रपति चयनमा पनि कांग्रेस पराजित हुन्छ: एमाले प्रचार विभाग उपप्रमुख रिजाल मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु राष्ट्रिय सभाको बैठक बस्दै हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क