ताजा अपडेट »

उपाध्यक्षभन्दा मन दुखाउलान् भनेर प्रचण्डलाई अध्यक्ष भनेकाे हुँ : ओली

सोमबार, ०६ पुस २०७७, १२ : ४०
8 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको उपाध्यक्षसरहको व्यक्ति भएको बताएका छन्। संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट आफू निकट संघीय सांसदहरुलाई बालुवाटारमा बोलाएर सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डको चर्को आलोचना गरेका हुन् ।

'उपाध्यक्षभन्दा मन दुखाउलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष भनेकाे हुँ' ओलीको भनाई उदृत गर्दै एक नेताले भने, ‘अहिले नेकपा एमालेको अध्यक्षलाई कारबाही गर्ने !’ बैठकमा ओलीले प्रचण्डले आफुलाई कुनै कारबाही गर्न नसक्ने दोहोर्याए । आइतबार ओली र उनी पक्षीय सदस्यको उपस्थितिबिना बसेको नेकपा सचिवालय बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने र पुस ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।